इटहरी । लिपुलेक र कालापानीलगायत नेपाली भू–भागलाई भारतले आफ्नो नक्सामा समेटेको विरोधमा देश भर प्रदर्शन भएको छ । मगंलवार सुनसरीको इटहरीमा पनि भारत विरुद्ध विरोध प्रदर्शन भएको छ । समाजिक सञ्जालबाट कठित टुगेदर फर नेपाल नामक समुहको आयोजनामा उक्त कार्यक्रम भएको हो । समाजिक सञ्जालबाट एक जुट भएका युवाहरुले विरोध प्रदर्शनमा ‘हाम्रो सीमा हाम्रो देश प्राण भन्दा प्यारो छ’, सिमा मिच्न माइदैन्, दुष्ट छिमेकी चाहिदैन भन्ने नारासहित भारतिय हस्तक्षपको विरोध गरेका थिए ।
सयौँको संख्यामा भेला भएकाहरुले युवाहरुले इटहरीको मुख्य चोक परिक्रमा गर्दै विरोध प्रदर्शन गरेका हुन । विरोध प्रदर्शन पछि आयोजित कोण सभामा बोल्दै प्रदर्शनको नेत्तृव गरेका पवन सुवेदीले भारतिय हस्तक्षेप बन्द हुनु पर्ने बताए । उनले लिपुलेक र कालापानीलगायत भू–भाग नेपालको भएकाले तत्काल कुटनितिक पहल गरि समस्याको समाधान गर्नु पर्ने बताए ।
सुवेदीले भने “लिपुलेक र कालापानी नेपालको भएको प्रष्ट रहेकाले यसमा भारतले दावि गर्नु भारतको दादागिरि मात्र हो ।” कार्यक्रममा बोल्दै अन्य सहभागिहरुले नक्सामा नेपाली भूमि अतिक्रमण भएकाले तत्काल उक्त नक्सा सच्चाउनुपर्ने माग राखे । उनिहरुले सरकारले कूटनीतिकरूपमा समस्याको समाधान गर्नुपर्ने बताए।
प्रतिक्रिया