
इलाम । इलामको नेपालटारमा भएको मोटरसाइल दु,र्घटनामा २ जना घाइते भएका छन् । इलामबाट राँकेतर्फ जाँदै गरेको मोटरसाइकल मेचिराजमार्गस्थित नेपालटारमा गोलाइबाट उ.छिट्टिएर घरको छानामा पुगेको हो ।
मोटरसाइकलमा सवार सशस्त्र प्रहरी जवानद्वय सुनसरी महेन्द्रनगरका इन्द्र बस्नेत र इलाम राँकेका पहलमान मगर घाइते भएका छन् ।
दुर्घटनास्थलबाट उनीहरुको उद्धार गरी उपचारका लागि इलाम अस्पताल पुठाइएको नेपाली कांग्रेस इलामका कोषाध्यक्ष विष्णु कार्कीले जानकारी दिए । तीव्र गतिमा रहेको मोटरसाइकल गोलाई काट्न नसकेर उ,छिट्टिएको अनुमान गरिएको छ ।


प्रतिक्रिया