उदयपुरमा प्रहरी र स्थानिय बासीन्दाबीच झडप



काठमाडौं । उदयपुरको बेलका नगरपालिका( ४ लालबजारमा प्रहरी र स्थानिय बासीन्दाबीच झडप भएको छ । ढुंगा उत्खनन गर्ने विषयमा सुरु भएको विवाद बढ्दै गएर झडपको स्थितिमा पुगेको हो । झडपपछि स्थानीयले सडकमा टायर बालेर अवरुद्ध गरेका छन् । प्रहरीले अवस्था नियन्त्रणमा लिन र सडक खुलाउन अश्रुग्यास समेत प्रहार गरेको छ । स्थानियले चक्काजाम गरेर एम्बुलेन्स बाहेक अन्य सवारी साधन चल्न दिएका छैनन् । सिसुवा खोलाबाट नियमविपरित ढुंगा लगेको भन्दै स्थानीयले लोड गरिएको २० वटा टिपर र एउटा स्काभेटरलाई नियन्त्रणमा लिए पछि झ डपको अवस्था उत्पन्न भएको हो ।

रोकेर राखेको टिपरलाई त्यहाँबाट लैजाने क्रममा सोमबार राति नै स्थानीय र प्रहरीबीच झडप भएको थियो। ‘नगरपालिका र स्थानीयबीचको छलफल नमिलेपछि टिपरलाई त्यहाँबाट जिल्ला प्रहरी कार्यालयमा लगेर सुरक्षित राखिएको छ । प्रमुख अधिकारी ध्रुवबहादुर खड्काले सिसुवा खोला र गिदेरी खोलाबाट अहिलेलाई ढुंगा लाने काम स्थगन गर्ने सहमति भए पनि कार्यान्वयन नहुँदा विवाद उत्पन्न भएको बताए । सहमति विपरित टिपरमा लोड गरिएको ढुंगा त्यही खन्याउने विषयमा सहमति जुट्न नसके पछि विवाद भएको हो ।

छलफल नमिलेपछि नगरपालिकाले विषय टुंगो लगाउन जिल्ला प्रशासन कार्यलयलाई जिम्मा दिएको छ । नदी दोहनले पछि विपत्ति निम्तिने भन्दै स्थानीयले खोलाबाट ढुंगा उत्खनन रोक्न माग गरेको थियो। गत भदौमा नगरपालिका र बीपी कन्स्ट्रक्सनबीच ३ करोड ७६ लाखमा ठेक्का सम्झौता भएको थियो।

सम्बन्धित समाचार