सोलुखुम्बु। जिल्लाको विभिन्न महत्वपुर्ण क्षेत्रमा रहेको लाखौ रोपनी सरकारी जग्गा निजिकरण गरिएको छ। करौडौ मुल्य पर्ने सरकारी नामको जग्गा व्यक्तिको नाममा दर्ता गर्न नेपाली काग्रेसका जिल्ला स्तरका नेता तथा समाजका प्रतिष्ठीत व्यक्तिनै लागि परेको तथ्य बाहिरएको छ। विभिन्न क्षेत्रका सार्वजानिक जग्गा निजिकरण गर्नेविरुद्ध बुधबार उजुरी समेत दर्ता गरिएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान कार्यालयले अधिकार प्रत्यायोजन गरेको जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुमा सरकारी कर्मचारीलाई समेत प्रभावीत पारी सार्वजानिक जग्गा निजिकरण गरेको प्रमाणसहित उजुरी दर्ता गरिएको हो। साविक जुभिङ गा.वि.स वडा ५ को पर्यटकीय रुटमा पर्ने नेपाल सरकारको नाममा रहेको कित्ता नम्बर ५७९, को २ लाख ९८ हजार २ सय ३० वर्गमिटर, कित्ता नम्बर ५८१ को ३ लाख ९८ हजार ५ सय ६० वर्गमिटर जंगललाई स्थानीय बुधमाया थापामगरको नाममा कित्ताकाट गरि दर्ता गरिएको संलग्न प्रमाणमा उल्लेख गरिएको छ।
२०५८ साल श्रावण ३१ गते कित्ता नम्बर ५ सय ७९ कित्ताकाट हुँदा ६ सय २० नयाँ कित्ता कायम भई ३१ सय वर्गमिटर सरकारी जग्गा व्यक्तिको नाममा दर्ता भएको जिल्ला नापी कार्यालयको फिल्डबुकमा उल्लेख गरिएको छ।
प्रतिक्रिया