काठमाडौं । भौतिक विकासको तथा पूर्वाधारको मामिलामा चीनले चमत्कार गर्दै आएको छ । पछिल्लो पटक चीनले एउटा यस्तो अदभुत विमानस्थल तयार गरेको छ, जसले पूर्वाधारको क्षेत्रमा चीन कति अगाडि छ भन्ने देखाउँदछ ।
यो एयरपोर्टको तस्वीर पहिलोपटक देख्दा त्यो कुनै सामुद्रिक जीव आकारको काल्पनिक अन्तरीक्षयान जस्तो लाग्दछ । सामुद्रिक जीव स्टारफिस आकारको यो एयरपोर्टको दुई महिना अघि मात्रै चिनियाँ राष्ट्रपतिले उदघाटन गरेका हुन् ।
चीनको बेइजिङमा बनेको यो विमानस्थलको नाम डाजिङ्ग इन्टरनेशनल एयरपोर्ट हो । ११ अर्ब डलर लागतमा यो एयरपोर्ट तयार भएको हो । ९८ वटा फुटबल मैदान बराबरको क्षेत्रफलमा फैलिएको यो विमानस्थलको कूल क्षेत्रफल चाहिँ १ सय ७३ एक्कड रहेको छ ।
चर्चित आर्किटेक्ट जहा हदीदले यो एयरपोर्टको डिजाइन गरेका हुन् । यो विमानस्थलको टर्मिनल एउटा भवनमा मात्र फैलिएको विश्वको सबैभन्दा ठूलो टर्मिनल भएको बताइएको छ । आगामी सन् २०२५ सम्ममा यसले १७ करोड यात्रुलाई स्वागत गर्नेछ ।
यो नयाँ एयरपोर्टसँगै बेइजिङ दुईवटा ठूला अन्तर्राष्ट्रिय विमानस्थल हुने विश्वका चर्चित सहरहरुमा परेको छ । न्युयोर्क तथा लण्डन लगायतका सहरमा दुईवटा अन्तर्राष्ट्रिय विमानस्थल छन् ।
एजेन्सीको सहयोगमा
प्रतिक्रिया