सिलिचोङमा भब्यताका साथ मनाईयो स्वास्थ्य स्वयंसेविका दिवस




ताम्कु । गाउँ नगरमा महिला स्वास्थ्य स्वंसेविका, स्वास्थ्य सेवा प्रवद्र्धनमा अहंम भुमिका भन्ने मुल नाराका साथ सिलिचोङ गाउँपालिका स्वास्थ्य शाखाले महिला स्वस्थं स्वयं सेविका दिवस मनाएको छ ।

गाउँपालिका अध्यक्ष रामबहादुर कुलुङको अध्यक्षता तथा सुरक्षित मात्रृत्व तथा महिला स्वस्थ्य स्वयंसेविकाका फाँट संखुवासभाका प्रमुख भवानी तिम्सीनाको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा गाउँपालिका भरिका जम्मा ४३ जना स्वास्थ्य स्वयंसेविकाहरुलाई समुदायको स्वस्थ्य सेवामा पुराएको योगदानको उच्च सम्मान गर्दै कदरपत्र सहित सवै स्वयंसेविकाहरुलाई सम्मान गरिएको छ । उक्त कार्यक्रम सोडेक, आईपास नेपाल, सिलिचोङ क्लव समाज विकास केन्द्र, युएस आईडी सुआहारा परियोजना र सिलिचोङ गाउँपालिकाको संयुक्त साझेदारीमा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा हाजिरिजवाफ प्रतियोगिताको पनि आयोजना गरिएको थियो । कार्यक्रममा आईपास नेपालका कार्यक्रम संयोजक कवानसेन कुलुङ, प्रमुख अतिथी भवानी तिम्सीना, स्वास्थ्य शाखा प्रमुख दिपेन्द्र कुलुङले महिला स्वास्थ्य स्वयंसेविकाहरुले महत्वपुर्ण भुमिका रहेको औल्याएका थिए । कार्यक्रममा बोल्नुहुँदै सिलिचोङ गाउँपालिकाका अध्यक्ष रामबहादुर कुलुङले स्वास्थ्य स्वयंसेविकाहरुलाई गाउँपालिकाबाट यातायात तथा सञ्चार खर्च लगायतका सुविधाहरु प्रदान गर्दै आएको र त्यस्लाई निरन्तरता दिने प्रतिबद्धता जनाउनुभयो । कार्यक्रम प्राथमिक स्वास्थ्य केन्द्रका हेल्थ एसिस्टेन्ट दिपेश कुलुङले सञ्चालन गर्नुभएको थियो ।

सम्बन्धित समाचार