बनस्पतीय कोटीहवन सहितको बहुधार्मिक तथा साँस्कृतिक कार्यक्रमको तयारी तिब्र (भिडियो सहित)



खाँदबारी । श्री हरी आध्यत्मिक गुरुकुलको आयोजनामा १०८ कुण्डमा बनस्पतीय कोटी हवनको तयारी तिब्र भईरहेको छ । माघ २७ गतेबाट सुरु हुने बहुधार्मिक तथा साँस्कृतिक साँस्कृतिक कार्यक्रमको तयारी तिब्र भईरहेको हो ।

हाल कुण्ड निर्माणको काम भईरहेको छ भने यस लगत्तै मञ्च निर्माणको कार्य योजना रहेको गुरुकुलका संस्थापक अध्यक्ष लक्ष्मण पोखरेलले जानकारी दिनुभयो । नेपालमै पहिलो पटक सुरु गरिएको बनस्पतीय कोटी हवनमा अन्नको हवन नहुने पोखरेलको भनाई छ । पर्यटन बर्षलाई सफल बनाउन सहयोग पुराउने उद्देश्यका साथ आयोजना गरिएको यस कार्यक्रममा किराँत, बौध लगायतको पनि धार्मिक प्रवचन हुने आयोजकले जनाएको छ । कार्यक्रममा शिव पुराणलाई नाटकमा पनि प्रदर्शन हुनेछ । कार्यक्रम फागुन ९ गते सम्पन्न हुने छ ।

सम्बन्धित समाचार