सिलिचोङमा कोरोना विरुद्धको तयारीः क्वारेन्टाईनदेखि हेल्थ डेस्कसम्म




ताम्कु । कोरोना भाईरसको सम्भावित संक्रमणलाई लक्षित गरि सिलिचोङ गाउँपालिकामा सुरक्षाको तयारी तिब्र बनाईएको छ । जिल्लावासीलाई सक्रमणबाट बचाउनको लागि पालिका भित्रिने नाकाहरुमा हेल्थ डेस्कको स्थापना गरिएको छ ।

सम्भावित संक्रमितहरु राख्नको लागि ४ शैयाको क्वारेन्टाईन बनाईएको छ भने प्राथमिक स्वास्थ्य केन्द्रमा आईसोलेसन वार्डको ब्यवस्था गरिएको छ । गाउँपालिका भित्रको प्रत्येक सार्वजनिक स्थल र कार्यालयहरुमा अनिबार्य हात धुने ब्यवस्था गरिएको छ । अत्यावश्यक काम बाहेक अन्य सरकारी कार्यहरु तत्कालको लागि बन्द गरिएको सिलिचोङ गाउँपालिकाका अध्यक्ष रामबहादुर कुलुङले बताउनुभयो । कार्यालयमा आउने कर्मचारीहरुको अनिबार्य स्वास्थ्य परिक्षण गर्ने ब्यवस्था गरिएको प्रमुख प्रशासकीय अधिकृत रामराज पौडेलले जानकारी दिनुभयो ।

भईपरि आउने विपतलाई ब्यवस्थित गर्नको लागि कुनै पनि कर्मचारीलाई विदामा नपठाईएको अधिकृत पौडेलले बताउनुभयो । अहिले गाउँपालिका भित्रका सवै स्वास्थ्य संस्थाहरुका स्वास्थ्यकर्मीहरु उच्च सतर्कतामा २४ सै घण्टा तैनाथ रहेको स्वास्थ्य शाखा संयोजक दिपेन्द्र कुलुङले जानकारी दिनुभयो । अहिले संक्रमण भित्रिन नदिन प्रयत्न गरिएको र संक्रमित भईहाले उपचारको लागि समेत तयारी रहेको स्वास्थ्य संयोजक कुलुङले बताउनुभयो ।

सम्बन्धित समाचार