पाँच विदेशी पर्यटकहरुको बाह्रविसेबाट उद्धार




खाँदबारी । बन्दाबन्दीको कारण संखुवासभाको सभापोखरीमा रोकिएका पर्यटकहरुलाई हेलिकप्टरबाट उद्धार गरिएको छ । मकालु हिमाल क्षेत्रमा घुम्न आएका ५ जना विदेशी पर्यटकहरुलाई कैलाश एयरको हेलिकप्टरबाट काठमाण्डौ पठाईएको हो ।

पाँच मध्ये २ अष्ट्रेलीया, क्यानडाका २ र फ्रान्सका १ जना रहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ । उनीहरु मकालु हिमाल क्षेत्रमा नपुग्दै सरकारले बन्दाबन्दीको आव्हान गरेपछि गाउँमै रोकिएका थिए ।

सम्बन्धित समाचार