संखुवासभा l नेपाल सरकारका पुर्व खानेपानी तथा सरसफाई राज्यमन्त्री दिपक खड्काले सरकारले संचालन गरेको राहत कोषमा रु ५ लाख सहयोग गरेका छन् ।
मुलुकलाई अप्ठेरो पर्दा हरेक नागरिकले राज्यलाई सहयोग गर्नू नागरिक कर्तब्य भएको भन्दै नेपाली काँग्रेसका नेता तथा पुर्व खानेपानी तथा सरसफाई राज्यमन्त्री दिपक खड्काले राहत सहयोग स्वरुप कोरोना राहत कोषको राष्ट्रिय बाणिज्य बैंकमा रहेको खातामा रु ५ लाख जम्मा गरेका हुन् ।
उनले बिश्वब्यापी महामारिको संकटबाट आफ्ना नागरिकलाई बचाउने उदेश्यले राज्यले बिभिन्न निति नियम निर्माण गरिरहेकाले हरेक नागरिकले बिपत्तिको समयमा एक भएर राज्यलाई सहयोग गर्न समेत आग्रह गरेका छन् । उनले सावुन पानीको ब्यवस्था सहित संखुवासभाको सदरमुकाम खाँदबारीमा ४, तुम्लीङटारमा ५, धर्मदेवी नगरपालीकामा ४ र चैनपुर नगरपालीकाका बिभिन्न स्थानमा ४ गरि आफ्नै निजी खर्चमा १७ वटा हिलट्यांङ्गको ब्यवस्था गरिदिएका छन् । संक्रमण सकिएपछि समेत स्थानीयले नै प्रयोग गर्ने गरि हिलट्यांक उपलब्ध गराईएको पुर्वराज्य मन्त्री तथा काँग्रेस नेता खड्काले बताए । जिल्लाका अन्य क्षेत्रबाट समेत हिलट्यांक र सावुन पानीको माग भै आएकाले तुरुन्तै ब्यवस्था गर्न आफु लागिपरेको खड्को भनाई छ ।
बिश्वब्यापी संकटबाट देश र जनतालाई जोगाउन राजनितिक मतभेद बिर्सिएर एकजुट हुनुपर्ने खड्काको भनाई छ । गृहजिल्ला संखुवासभा बस्दै आएका नेपाली काँग्रेसका प्रभावशाली युवा नेता तथा पुर्व राज्यमन्त्री खड्काले यस अघि पनि बिपन्न र गरिव परिवारलाई उपचार खर्च, आगलागी, बाढि पहिरो तथा अन्य प्रकोपमा परेका परिवारलाई सहयोग गर्दैआएका छन् ।
अहिले कोरोना संक्रमणको त्रासबाट देशमा लक डाउनको समस्या श्रृजना हुँदा बिषम परिस्थीति निर्माण भएको छ । यसबाट बच्न क्वारेण्टाईनमा बस्न र सरकारले सुझाएको नियमको पुर्णपालना गर्न उनले सवैलाई आग्रह गरेका छन् । बपत्तिमा धैर्यता नगुमाउन र एकले अर्कालाई सकेको सहयोग गर्न आग्रह गर्दै उनले लकडाउनको समयावधी अझै लम्वीन सक्ने भएकाले जिल्लाबाहिर मुलुकका अन्य स्थानमा आर्थिक समस्याका कारण अप्ठेरोमा परेका संखुवासभालीलाई आफुले जस्तोसुकै सहयोग गर्ने भन्दै आवश्यक परेमा आफुलाई सम्पर्क गर्न समेत उनले आग्रह गरेका छन् ।
प्रतिक्रिया