दुई पुर्व राज्यमन्त्रीद्वारा सिलिचोङमा स्वास्थ्य सामग्री सहयोग




ताम्कु । कोरोना भाईरसको संक्रमणबाट बच्न संखुवासभाका पुर्व स्वास्थ्य राज्यमन्त्री तारामान गुरुङ र पुर्व खानेपानी तथा सरसफाई राज्यमन्त्री दीपक खड्काले स्वास्थ्य सामग्री सहयोग गरेका छन् ।

नेपाली कांग्रेस सिलिचोङ गाउँ कार्य समितिको संयोजनमा पुर्व स्वास्थ्य राज्यमन्त्री गुरुङले हजार थान मास्क र साबुन सहयोग गरेका छन् । त्यस्तै, पुर्व खानेपानी तथा सरसफाई राज्यमन्त्री दीपक खड्काले तीन वटा हिल ट्यांक उपलब्ध गराएका छन् । उक्त सामग्रीहरु नेपाली कांग्रेस सिलिचोङ गाउँ कार्य समितिले गाउँपालिकाका अध्यक्ष रामबहादुर कुलुङ लगायतका टोलीलाई हस्तान्तरण गरिएको छ । हिलट्यांक बुधबारे, ताम्कु प्राथमिक स्वास्थ्य केन्द्र र मांतेवामा राखिएको नेपाली कांग्रेस सिलिचोङ गाउँ कार्य समितिका सभापति भुपाल मेवाहाङले जानकारी दिनुभयो । त्यस्तै, मास्क वडा कार्यालय मार्फत प्रत्येक टोल विकास संयोजकहरुसम्म पठाईने उपसभापति संयोगान्त कुलुङले बताउनुभयो ।

सहयोग सामग्री ग्रहण गर्दै सिलिचोङ गाउँपालिकाका अध्यक्ष रामबहादुर कुलुङले दुवै पुर्वराज्यमन्त्रीहरुलाई धन्यवाद दिनुभयो । दुवै पुर्व मन्त्रीहरुले सिलिचोङ क्षेत्रमा पराउनुभएको योगदानको स्मरण गर्दै आगामी दिनहरुमा पनि विपदमा परेको बेला थप सहयोगको अपेक्षा रहेको समेत अध्यक्ष कुलुङले बताउनुभयो ।

सम्बन्धित समाचार