सोलुखुम्बुका विद्यार्थीलाई काठ्माण्डौमा समस्या भए हामीलाई फोन गर्नुः सभापती बस्नेत



काठ्माण्डौ । नेपाली कांग्रेस सोलुखुम्बु काठ्माण्डौ सम्पर्क समितिका सभापति गोकर्ण बस्नेतले सोलुखुम्बुबाट काठ्माण्डौ आएर अध्ययन गर्दै गरेका विद्यार्थीहरुलाई समस्या भए सहयोग गर्ने बताउनुभएको छ । अविभावक विहिन विद्यार्थीहरुलाई लक डाउनको कारण समस्यामा परे सिधै सम्पर्क गर्न जानकारी गराउनुभएको छ ।

सरकारले आव्हान गरेको लक डाउनको कारण कतै जान नपाएकाहरुलाई आवश्यक सहयोग गर्न समपर्क समिति तयारी अवस्थामा रहेको सभापति बस्नेतले बताउनुभयो । पछिल्लो समय विशेष गरि खाद्यन्न अभावको समस्या भएको बताउनुहुँदै विद्यार्थीहरुलाई खाद्यन्न राहतको समेत ब्यवस्था गरिएको सभापति बस्नेतको भनाई छ । सम्पर्कका लागि पदाधीकारीहरुको सम्पर्क नम्बर सार्वजनिक गरिएको छ । विद्यार्थीहरुले सभापति बस्नेतको नम्बर ९८५११३८३५७, सचिव टार्जन कुलुङको नम्बर ९८४९०७२१६६ र कोषाध्यक्ष नविन कार्कीको नम्बर ९८५११६६५७८ मा सम्पर्क गर्न सक्ने बताईएको छ ।

यसै विच सम्पर्क समितिले सोलुखुम्बुबाट काठ्माण्डौ आई ज्याला मजदुरी गर्ने तथा न्युन आयश्रोत भएकाहरुलाई पनि खाद्यन्न राहत वितरण गर्दै आएको छ । समितिले आज पनि केही परिवारहरुलाई खाद्यन्न राहत वितरण गरेको हो ।

सम्बन्धित समाचार