ताम्कु । कोरोना भाईरस रोकथाम तथा राहत वितरणको लागि सिलिचोङ गाउँपालिकाले सहयोगको अपिल गरेको छ । गाउँपालिका भित्रका मजदुर तथा न्युन आयश्रोत भएका नागरिकहरुलाई राहत वितरण तथा विपद ब्यवस्थापन गर्नको लागि सहयोगको अपिल गरेको छ ।
गाउँपालिकाले राहत ब्यवस्थापनको लागि एभरेष्ट बैंक लिमिटेडको ताम्कु शाखामा प्रकोप ब्यवस्थापन कोष खाता सञ्चालनमा ल्याएको छ । ०८४००१०६२०००० खाता नम्बर रहेको उक्त खातामा ईच्छुक दाताहरुले राहत रकम जम्मा गर्न सकिने गाउँपालिका अध्यक्ष रामबहादुर कुलुङले जानकारी दिनुभयो । उक्त खातामा गाउँपालिकाका सवै जनप्रतिनिधीहरुले पनि एक महिनाको सुविधा वापतको रकम जम्मा गर्ने निर्णय गरिसकेको अध्यक्ष कुलुङले जानकारी दिनुभयो । प्रकोप ब्यवस्थापन कोष खातामा जम्मा भएको रकम गाउँपालिका भित्र नै खर्च गरिने अध्यक्ष कुलुङको भनाई छ ।
यस सम्बन्धी थप जानकारी लिन निमित्त प्रमुख प्रशासकिय अधिकृत भद्रबहादुर राईलाई ९७५२००६२०९ मा सम्पर्क गर्न सकिने गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाले यस अघि ३ सय ९५ गरिव तथा असहाय परिवारलाई खाद्यन्न राहत वितरण गरिसकेको छ । आगामी दिनमा पनि विपद् ब्यवस्थापनसँगै राहत बाँड्नु पर्ने सम्भावना भएकोले राहत संकलन गर्नु परेको गाउँपालिका अध्यक्ष कुलुङले बताउनुभयो ।
यो पनि पढौं:
सिलिचोङः सवै जनप्रतिनिधीहरुले एक महिनाको सुविधा राहत कोषमा जम्मा गर्ने
प्रतिक्रिया