काठ्माण्डौमा समस्यामा परेका सोलुखुम्बुवासीको घरघरमा पुर्याईयो राहत




काठ्माण्डौ । नेपाली कांग्रेस सोलुखुम्बु काठ्माण्डौ सम्पर्क समितिले काठ्माण्डौमा बस्ने सोलुखुम्बुवासीहरुलाई खाद्यन्न राहत वितरण गरेको छ । लक डाउनको कारण समस्यामा परेका २ सय ७० परिवारलाई समितिले खाद्यन्न राहत वितरण गरेको हो।

समन्वय समितिका सभापति गोकर्ण बस्नेत, कोषाध्यक्ष नवीन कार्की र सचिव टार्जन कुलुङको ब्यक्तिगत खर्चमा समितिले राहत बाँडेको हो । समस्यामा परेकाहरुलाई घरघरमा खाद्यन्न राहत पुराईदिएको समन्वय समितिका सचिव टार्जन कुलुङले जानकारी दिनुभयो । समितिले गल्फुटार, कपन, दुर्गामन्दिर, पैयाटार र नयाँ बस्ति क्षेत्रमा राहत वितरण गरेको सचिव कुलुङले बताउनुभयो । राहतको रुपमा चामल, दाल, नुन र खाने तेल वितरण गरिएको हो ।

समितिले काठ्माण्डौमा समस्यामा परेकाहरुले सहयोगको लागि सम्पर्क गर्न सक्ने भन्दै सम्पर्क नम्बर सहित सुचना जारी गरेको थियो । उक्त सुचना पश्चात राहतको माग गर्नेहरुलाई सहयोग गरिएको समितिले जनाएको छ । विशेष गरि काठ्माण्डौमा अविभावक नभएका विद्यार्थीहरुलाई लक्षित गरि सुचना सार्वजनिक गरिएको थियो । यस पटक विद्यार्थीहरु लगायत ज्यामी मजदुरी गर्ने तथा असंगठित क्षेत्रमा काम गर्नेहरुलाई राहत वितरण गरिएको समितिका सभापति बस्नेतले जानकारी दिनुभयो ।

नेपाली कांग्रेस सोलुखुम्बु काठ्माण्डौ सम्पर्क समितिले यस अघि पनि विभिन्न परिमाणमा पटक पटक राहत वितरण गर्दै आएको थियो ।

सम्बन्धित समाचार