अमर स्रस्टा खेमराज गुरुङकी दिदी चन्चलाद्वारा बिरामीलाई आर्थिक सहयोग



काठ्माण्डौ । बेलायतमा बसोबास गर्दै आएका स्वर्गीय खेमराज गुरुङकी जेठी दिदी चन्चला गुरुङले संखुवासभाका तीन जना बिरामीहरुलाई आर्थिक सहयोग गर्नुभएको छ । गुरुङले आफ्नो भाईको पुन्य तिथीको अवसर पारेर विरामीहरुलाई आर्थिक सहयोग गर्नुभएको हो ।

उहाँले भक्तपुर क्यान्सर अस्पतालमा उपचाररत संखुवासभाको मकालु गाउँपालिका–५ माङ्सिमाका क्यान्सरका बिरामी १४ वर्षीय तिलराज गुरुङलाई एक लाख चार हजार एक सय रुपैयाँ सहयोग गर्नुभएको हो । त्यस्तै, खाँदबारी–११ चन्दनपुरका मृगौलाका बिरामी भीमबहादुर आले मगरलाई ५० हजार रुपैयाँ र नसा सम्बन्धी रोगका बिरामी मकालु ३ आलाका धिरन राईलाई पनि ५० हजार रुपैयाँ सहयोग गर्नुभएको हो ।

सहयोग रकम खेमराज गुरुङ ट्रष्टका कोषाध्यक्ष सूर्य बराल, संखुवासभा तमू समाज काठमाडौंका उपाध्यक्ष बाबुराम गुरुङ र वरिष्ठ सञ्चारकर्मी दीपेन्द्र बान्तवाले अस्पतालमै पुगेर बिरामीहरुलाई हस्तान्तरण गरेका छन् ।

खेमराज गुरुङ ट्रष्टका उपाध्यक्ष समेत रहनुभएका गुरुङले फूर्सदको समयमा नेपाली स्वादको अचार उत्पादन गरी बिक्री गरेको रकम र परिवार तथा आफन्तहरूबाट थप केही रकम संकलन गरी पठाएको कोषाध्यक्ष बरालले जानकारी दिनुभयो ।

सम्बन्धित समाचार