तुम्लिङटारमा बन्यो ४५ शैयाको आईसोलेसन वार्ड



खाँदबारी । जिल्ला अस्पताल खाँदबारीले तुम्लिङटारमा ४५ शैयाको आईसोलेसन वार्ड बनाएको छ । कोरोना संक्रमितहरुको उपचारका लागि अरुण भ्याली बोर्डिङको पुरानो भवनमा आईसोलेसन वार्ड बनाएको हो ।

उक्त भवन परिषरमा धारा, सौचालय, भान्साघर जस्ता पुर्वाधारहरु बनाएर आईसोलेसन वार्ड तयार गरेको हो । आईसोलेसन वार्डमा ५ वटा ईमर्जेन्सी बेड, १० वटा अक्सिन थेरापी बेड र ३० वटा जेनेरल बेड रहेको खाँदबारी अस्पतालका प्रशासन प्रमुख दिपेश श्रेष्ठले जानकारी दिनुभयो । उक्त आईसोलेसनमा अब आउने नयाँ संक्रमित बिरामी राखिने समेत उहाँले जानकारी दिनुभयो ।

यस अघि अस्पतालले खाँदबारी ७ नयाँ बजारमा रहेको हिमालय किरण पब्लिक क्याम्पसमा आईसोलेसन बनाएको थियो । उक्त क्याम्पसबाट एक हप्ता अघि वार्ड हटाईइको थियो । यस विचमा थपिएका संक्रमितहरुलाई चैनपुर आईसोलेसनमा पठाईएको थियो ।

सम्बन्धित समाचार