खाँदबारी । सिलिचोङ गाउँपालिका १ सिसुवाखोलाका पहिरो पिडित ब्यवस्थापनका लागि सिंगापुर र युकेका दाताहरुले राहत रकम हस्तान्तरण गरेका छन् । अस्थायी पुर्नवास केन्द्र बुधबारेमा एक कार्यक्रम आयोजना गरि ११ लाख ४३ हजार ५ सय २८ रुपैयाँ हस्तान्तरण गरेका हुन् ।
सिङगापुरमा बसोबास गर्दै आएका विभिन्न दाताहरुबाट संकलित रकम ४ लाख १३ हजार ५ सय ३ रुपैयाँ गाउँपालिका अध्यक्ष एवं अस्थायी बसोबास तथा राहत वितरण समितिका अध्यक्ष रामबहादुर कुलुङलाई हस्तान्तरण गरिएको छ । उक्त रकम सिंगापुर स्थीत किरात राई समाजका सदस्य बाला याम्दाङ निबासी दिब्य चरण मेवाहाङ्, खोटाङ निबासी मित्रजीत राई, ताम्कु निबासी बिशाल मेवाहाङ, माङ्तेवा निबासी नरेन्द्र मेवाहाङ र सङ्खुवासभा समाजका सिङगापुरमा कार्यरत सिद्ध कुमार केप्चाकिको पहलमा सङ्कलन भएको हो ।
त्यस्तै, बेलायत बस्दै आउनुभएका ताम्कु निवासी लीला चाम्लिङको पहलमा संकलित रकम २ लाख ५४ हजार ८ सय ५० रुपैयाँ पनि गाउँपालिका अध्यक्ष कुलुङलाई हस्तान्तरण गरिएको छ । त्यस्तै, युके नेपाली समाजका अध्यक्ष नैनसिं गुरुङ र समाजका प्रतिनिधी पुर्णप्रसाद लिम्बु र अग्नी प्रसाद राईको पहलमा संकलित ४ लाख ५७ हजार १ सय ७५ रुपैयाँ गाउँपालिका अध्यक्ष कुलुङलाई हस्तान्तरण गरिएको छ । दाताहरुले उक्त रकमको चेक हस्तान्तरण गरेका हुन् ।
राहत रकम ग्रहण गनुहुँदै गाउँपालिका अध्यक्ष कुलुङले सम्पुर्ण दाताहरुलाई धन्यवाद ज्ञापन गर्नुभयो । दाताहरुबाट प्राप्त भएको रकमले विस्थापितहरुको स्थायी ब्यवस्थापन गर्न लागि परेको समेत अध्यक्ष कुलुङले जानकारी दिनुभयो ।
प्रतिक्रिया