चिचिला । आफुहरु छुट्टै जाति भएको दावी गर्दै आएका घले जातिले माघ १ गते चिचिला गाउँपालिका ५ बाक्सिदामा सामुहिक रुपमा ल्होसार बनाएका छन् । केन्द्रीय कार्य समितिका पदाधीकारीहरुको समेत उपस्थितीमा सामुहिक रुपमा ल्होसार मनाएका हुन् ।
कार्यक्रममा लिःल घले समाजका केन्द्रीय अध्यक्ष दिनेश घले, केन्द्रीय सचिव मिन घले अन्तराष्ट्रिय समन्वय समितिका संयोजक चन्द्र घले लगायतको उपस्थिती रहेको थियो । त्यस्तै कलाकारहरु हिमाल घले र कल्याण घलेको पनि उपस्थिती रहेको थियो । त्यस्तै, पुर्व स्वास्थ्य राज्यमन्त्री तारामान गुरुङ, चिचिला गाउँपालिकाका अध्यक्ष पासाङ नुर्वु शेर्पा लगायतका जनप्रतिनिधीहरु र प्रमुक प्रशासकिय अधिकृतको समेत उपस्थिति रहेको थियो ।
कार्यक्रममा बोल्नुहुँदै केन्द्रीय अध्यक्ष निदेश घलेले घले जातिले माघ १ गतेका लिन लिः ल्होसारको रुपमा मनाउने गरेको जानकारी दिनुभयो । घले जातीहरु आदिवासी जनजातीको सुचिमा सुचिकृत नगरिएको र सुचिकरण गर्न लामो समयदेखि माग गर्दै आएको समेत जानकारी गरिएको थियो । कार्यक्रममा कलाकारहरु हिमाल घले र कल्याण घलेले गीत र नृत्य प्रस्तुत गरेका थिए भने स्थानीय कलाकार विच नृत्य प्रतियोगिता समेत गरिएको थियो । हेरौं उक्त कार्यक्रमका केहि तस्बिरहरु ।
प्रतिक्रिया