खाँदबारी । नव निर्वाचित पत्रकार महासं संखुवासभा शाखाका पदाधीकारीहरुलाई नेपाली कांग्रेस संखुवासभा र राष्ट्रय प्रजातन्त्र पार्टी संखुवासभाले बधाई तथा शुभकामना दिएका छन् । फरक स्थान र समयमा कार्यक्रमको आयोजना गरि पदाधीकारीहरुलाई अबिर र माला लगाएर बधाई दिएका हुन् ।
नेपाली कांग्रेस संखुवासभाले पार्टी कार्यालयमा कार्यक्रमको आयोजना गरि शुभकामना दिएका थिए । कार्यक्रममा पुर्व राज्यमन्त्रीहरु तारामान गुरुङ, दिपक खड्का लगायतका नेता तथा कार्यकर्ताहरुको उपस्थिती रहेको थियो ।
यसैविच, राष्ट्रिय प्रजातन्त्र पार्टीले खाँदबारी स्थित दिब्य होटलमा एक कार्यक्रमको आयोजना गरि शुभकामना दिएका हुन् । पुर्व मन्त्री दिलनाथ गिरीको प्रमुख आतिथ्यतामा कार्यक्रमको अयोजना गरि पदाधिकारीहरुलाई शुभकाना दिईएको हो । कार्यक्रम पार्टीका सचिव दिनेश खनालले सञ्चालन गरेका थिए ।
दुवै कार्यक्रममा बोल्नुहुँदै पत्रकार महासंघका अध्यक्ष ईन्द्र कुमार गिरीले पत्रकार स्वतन्त्र रहने र निश्पक्ष समाचार संप्रेषण गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभएको थियो ।
प्रतिक्रिया