एड्भान्स क्लवको आयोजनामा अरुण भ्याल्ली भेटेरेन्स फुटवल प्रतियोगिता सुरु



खाँदबारी । सङ्खुवासभाको मानेभञ्ज्याङमा अरुण भ्याल्ली भेटेरेन्स फुटवल प्रतियोगिता शनिबार सुरु भएको छ ।

एड्भान्स क्लव मानेभञ्ज्याङको आयोजनामा महेन्द्र माध्यमिक विद्यालय मानेभञ्ज्याङको खेलमैदानमा शनिबारबाट प्रतियोगिता सुरु भएको एड्भान्स क्लवका अध्यक्ष इश्वर घिमिरेले जानकारी दिनुभयो । प्रतियोगितामा जिल्लाभरीबाट १० टिमको सभागिता रहेको जनाइएको छ । प्रतियोगितामा ३० वर्ष माथिका खेलाडीहरुले सहभागिता जनाएको क्लवका अध्यक्ष घिमिरेको भनाइ छ ।

खेलकुदमा अग्रणी नेतृत्व गर्दै आईरहेको क्लवले २०६४ सालदेखि सञ्चालन गर्दै आइरहेको जिल्ला स्तरिय अरुण भ्याल्ली भेटेरेन्स फुटवल प्रतियोगिता स्वास्थ्यका लागि खेलकुद राष्ट्रको लागि खेलकुद भन्ने नारालाई आत्मसाथ गर्दै खेलको विकास, आधुनीकीकरण र खेलाडीहरुको व्यवसायीकरण गर्ने उद्धेश्यका साथ खेलको आयोजना गरेको जनाइएको छ । शनिबार बाट सुरु भएको प्रतियोगिता मङ्गलबारसम्म सन्चालन हुनेछ ।

प्रतियोगिताका प्रथम हुनेले टोलीले नगद रु ७५ हजार शिल्ड, मेडल र प्रमाणपत्र, द्धितीय हुनेले ५० हजार शिल्ड मेडल र प्रमाणपत्र तृतीय र सान्त्वना हुनेले नगद रु. १५–१५ हजार साथमा शिल्ड मेडल र प्रमाणपत्र पाउनेछन् । भने उत्कृष्ट खोलाडीलाई तीन हजार रुपैँया प्रदान गरिने बताइएको छ ।

सम्बन्धित समाचार