धनकुटा । धनकुटाको छथर जोरपाटी गाउँपालिका धनकुटाले १३ जना अपांगता भएका ब्यक्तिहरुलाई सहायक सामाग्री वितरण गरेको छ ।
पालिकाले अपांगता रोकथाम तथा पुनःस्थापना कार्यक्रमका अध्यक्ष तथा पालिका उपाध्यक्ष भीमकला श्रेष्ठको अध्यक्षतामा एक कार्यक्रम गरी उक्त सामाग्रीहरु हस्तान्तरण गरेको हो । पहिलो चरण अन्तर्गत ४९ जनालाई सहायक सामाग्र्री बितरण गर्ने कार्यक्रम अन्तर्गत सामाग्री बितरण गरिएको पुनःस्थापना कार्यक्रमका सि.बि.आर.सहजकर्ता प्रदिप ओझाले जानकारी दिनुभयो । कार्यक्रममा उपाध्यक्ष श्रेष्ठ र कार्यक्रमका प्रमुख अतिथी तथा पालिका अध्यक्ष शेरबहादुर लिम्बूले ९ जनालाई ट्रिपोट स्टिक,२ जनालाई एङ्कल बाईन्डर,१ जनालाई वाकर र १ जनालाई ह्वाईट स्टिक प्रदान गर्नुभएको थियो ।
२०७६ सालबाट शुुरु भई ३ बर्ष सम्म चल्ने यो अपांगता रोकथाम तथा पुनःस्थापना कार्यक्रम सामाजिक बिकास प्रदेश मन्त्रालय,गाउँपालिका र करुणा फाउण्डेशनको त्रिपक्षिय साझेदारीमा सन्चालनमा रहेको छ ।
चालु आर्थिक बर्षमा कार्यक्रमका लागि ५१ लाख खर्च गरिने महिला तथा बालबालिका शाखाकी प्रमुख एलिना निरौलाले जानकारी दिनुभयो । हाल छथर जोरपाटी गाउँपालिकामा परिचय–पत्र बितरण गरिएका ३१० जना अपांगता भएका ब्यक्तिहरु रहेका छन् ।
प्रतिक्रिया