नेपाल सरकारको आयोजनामा “सफा हिमाल अभियान २०२१”कार्यक्रम अन्तर्गत मकालु हिमाल सफाई



संखुवासभा । नेपाल सरकारको आयोजनामा “सफा हिमाल अभियान २०२१”अन्तर्गत कार्यक्रमको मकालु हिमाल सफाईबाट ६ हजार ६ सय ७ केजी फोहोर हेलीबाट मकालुगाउपालिका आईपुगेको छ।

नेपाली सेनाका मेजर रूपकजंग थामाको नेत्ीत्वमा १० जवान र पिक प्रमोसन एजेन्सीको १४ जनाको टोलीले२०७८ बैशाख १२ गतेदेखीजेष्ठ ९ गते सम्ममा सो अभियान सम्पन्नगरी मकालु गाउपालीका नुम बजारमा डड्ने , सड्ने, गल्ने १हजार ७ सय पच्चिस केजी फोहोर ब्यवस्थापन गर्न पालिका अध्यक्ष तेजबहादुर पोख्रेललाई एक औपचारी कार्यक्रमगरी मेजर थापाले हस्तान्तरण गर्नुभयो । बांकी सिसा, फलाम, टिन,प्लास्टिक जस्ता पुन प्रसोधन गर्न मिल्ने ४हजार ८ सय बयासी केजी फोहोर आजै टोलीले ट्रक मार्फत काठमाण्डौ लगिएको छ । सफा हिमाल अभियान २०२१ को “भबिश्यकागाली हिमाल बचाऔं “ भन्नेनाराका साथ नेपालका ( सगरमाथा,मकालु, आमादब्लां पुमरू ,धौलागीरी पाच हिमाल सफाई गरिसकेके छ । कार्यक्रमको अर्को उदेश्य अहिलेको कोरोनाले पारेको माउन्टेन रोजगरीको असरलाई प्रवर्धन गर्न सहयोग पुर्याउने पनि बताईको छ।

मकालु हिमाल सफाई अभियानमा क्याम्प १ क्याम्प २र क्याम्प ३ सम्म ( ७हजा४सय मिटर माथीको ) को उचाईबाट फोहोर संकलन गरेको र डेथबडी केही माथी भएको र मौसमले साथ नदिकाले ल्याउन नसकिएको मेजरले बताउनु भयो ।

सम्बन्धित समाचार