अरुण तेस्रोका मजदुरको माग पुरा नभए दोस्रो चरण आन्दोलन गर्ने



फाईल फोटो ।

खाँदबारी । संखुवासभामा निर्माणाधिन अरुण तेस्रोमा कार्यरत मजदुरहरुको माग पुरा नभए पुनः दोस्रो चरणको आन्दोलन गर्ने चेतावनी दिएको छ । नेपाल यातायात स्वतन्त्र मजदुर संगठन अरुण तेस्रो हाइड्रोपावर इकाई कमिटी केराबारीले शनिबार विज्ञप्ती जारी गर्दै यस्तो चतावनी दिएको हो ।

पावरहाउस पुखुवा सुरुङमा काम गर्ने क्रममा बैशाख २९ गते कन्चनपुरका कृष्ण रानाको मृत्यु भएपछी मृतकका परिवारलाई क्षतिपुर्ती दिनु पर्ने माग गर्ने क्रममा कम्पनी र मजदुर विचमा विवाद सिर्जना हुँदा मजदुरहरुले निर्माण कम्पनीको भवन लगायत गाडी तोडफोड गरेका थिए । तर सोही विषयलाई लिएर मजदुरहरु माथि झुठा मुद्धा लगाउने र मजदुरहरु कामबाट निकालेको भन्दै उनीहरुले शनिबार देखि कार्य स्थलमा कालो झण्डा राखेर काम गरिरिहेको जनाएको छ ।

उक्त कार्यक्रम पहिलो चरणको भएकोले माग पुरा नभए दोस्रो चरणको आन्दोलन गर्ने चेतावनी दिएको छ । यसअघि कमिटीले उक्त घटनाको सत्यतथ्य घटनाको छानविन गरि दोषीलाई कारबाहीको माग गरेको थियो । जेष्ठ ४ गते मजदुरमाथि अपहेलना तथा अपशब्द प्रहार गरेको भन्दै जिल्ला प्रशासन कार्यालयलाई ध्यानाकर्षण गराइएको कमिटीका सचिव असोक राईले बताए । उक्त घटना यता पावरहाउसमा काम गर्दै आएका १४ जना मजदुरलाई कामबाट निकालिएको जनाइएको छ ।

सम्बन्धित समाचार