खाँदबारी । संखुवासभा घर भई युनाईटेड अरब ईमिरेटस (युएई)मा रोजगारीमा गएकाहरुको संस्था संखुवासभा समाज युएईले संखुवासभाका कोभिड आईसोलेशनहरुलाई स्वास्थ्य सामग्री वितरण गरेको छ । समाजले तुम्लिङटार र चैनपुर आईसोलेसनलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको हो ।
समाजका पदाधीकारी र अन्य दाताहरुबाट संकलित १ लाख ३१ हजार ६ सय ५० रुपैयाँबाट स्वास्थ्य सामग्री खरिद गरि हस्तान्तरण गरिएको समाजका राहत तथा उद्दार कोषका सम्योजक नरिता कुलुङले जानकारी दिनुभयो । उक्त रकमबाट सेनिटाईजर १ सय लिटर, सर्जिकल मास्क ५० बक्स, सर्जिकल ग्लोब्स ८० बक्स, के एन ९५ मास्क विथ फिल्टर ६०० थान र फेस शिल्ड ६० थान उपलब्ध गराएको कुलुङले जानकारी दिनुभयो ।
समाजले अन्य विपदमा परेकाहरुलाई विभिन्न समयमा सहयोग जुटाउदै आएको छ । यस पटक जिल्लामा कोरोना संक्रमण बढ्दो अवस्थामा रहेकोले रोकथाममा ऐक्यवद्धता जनाउन सहयोग संकलन गरिएको समाजले जनाएको छ ।
प्रतिक्रिया