संखुवासभाका क्यान्सर पिडित ढकाललाई आर्थिक सहयोग


१० श्रावण २०७८, आइतबार



संखुवासभा । संखुवासभाका क्यान्सर पिडित ढकाललाई आर्थिक सहयोग जुटेको छ । जिल्लाको पाँचखपन नगरपालिका वडा नं ५ का मस्तिष्क क्यान्सर पिडित पुष्पराज ढकाललाई आर्थिक सहयोग जुटेको हो । स्थानीय युवाहरुको पहलमा संकलन गरिएको नगद रु. १ लाख १२ हजार ८ सय ५ रुपैंया प्रदान गरिएको स्थानीय सुरेन्द्र तामाङले जानकारी दिए ।

उनीहरुले देश विदेशमा रहेका नेपालीहरुबाट रकम संकलन गरेको थियो । उक्त रकम बिरामीका बुवा कमल ढकाललाई हस्तान्तरण गरिएको हो ।

ढकाल विगत ५ महिना देखि काठमान्डौको टिचिङ अस्पतालमा उपचार गराईरहेका छन् । पारिवारीक आर्थिक अवस्था कम्जोर भएकाले ढकालको उपचारका लागि आर्थिक सहयोग गर्न परिवारले अपिल समेत गरेको छ ।

 

सम्बन्धित समाचार