चिचिलाका जनप्रतिनिधी र कर्मचारीद्वारा वडा नं. ३ का अध्यक्षलाई आर्थिक सहयोग



सहयोग रकम हस्तान्तरण गर्दै पुर्व राज्यमन्त्री तारामान गुरुङ लगायतका टोली ।

चिचिला । कोरोना संक्रमण पश्चात उपचाररत चिचिला गाउँपालिका ३ का अध्यक्ष गजेन्द्र बहादुर राईलाई चिचिला गाउँपालिकाका कर्मचारी र जनप्रतिनिधीहरुले रकम संकलन गरी सहयोग गरेका छन् । कर्मचारी, जनप्रतिनिधी र केहि स्थानीयबाट सहयोग संकलन गरि हस्तान्तरण गरेका हुन् ।

गाउँपालिकाका कर्मचारीहरुबाट ३० हजार ३ सय रुपैयाँ संकलन गरिएको छ । त्यस्तै, जनप्रतिनिधीहरु र केहि स्थानीयहरुबाट १ लाख २३ हजार रुपैयाँ संकलन भएको हो । उक्त रकम अध्यक्ष राईका छोरा राज राईलाई हस्तान्तरण गरिएको छ । लामो समय सघन उपचार कक्षमा उपचाररत राईको आर्थिक अवस्था कमजोर हुँदै आएपछि सहयोग संकलन गरिएको कार्यपालिका सदस्य राजेन्द्र घलेले जानकारी दिए । गाउँपालिकाका जनप्रतिनिधी र कर्मचारीहरुले संकलन गर्ने क्रममा पुर्व राज्यमन्त्री तारामान गुरुङ लगायतका नेताहरु र स्थानीय दाताहरुले समेत सहयोग रकम जम्मा गरेको घलेले बताए ।

अध्यक्ष राईको एक महिना अघि गाउँमै कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसपछि गाउँपालिकाको आईसोलेसनमा उपचार गराउदै आएकामा स्वास्थ्य अवस्था विग्रिदै गएपछि थप उपचारका लागि विराटनगर लगिएको थियो । बिराटनगरमा पनि राईको स्वास्थ्य सुधार नभएपछि काठ्माण्डौ लगिएको थियो । नशाको दिर्घरोगी राईको न्युरो अस्पतालमा उपचार पश्चात अहिले अवस्था सुधारउन्मुख रहेको गाउँपालिका अध्यक्ष पासाङ नुर्वु शेर्पाले जानकारी दिए । ईमकालु अनलाईनसँग कुरा गर्दै राईको फोक्सो सम्बन्धी उपचारको लागि हेल्पिङ ह्याण्डस सामुदायिक अस्पतालमा सारिएको अध्यक्ष शेर्पाले बताए ।

यसै विच, वडा नम्बर ५ का अध्यक्ष मनबहादुर राईको पनि स्वास्थ्य अवस्था सामान्य हुँदै गएको छ । प्यारालाईसिस भएपछि उपचारका लागि भारत लगिएको अध्यक्ष राई अहिले मोरङको मंगलबारेमा भाडाको कोठामा बसेर उपचार गराईरहुनभएको छ । राईको पनि करिव एक महिना अघि घरमै एकासी एक पट्ठिको हात र खुट्ट चल्न छोडेको थियो ।

सम्बन्धित समाचार