संखुवासभा : खेउटार–तम्बे सडक मर्मतपछी सञ्चालनमा


१२ श्रावण २०७८, मंगलबार


 

चिचिला । संखुवासभाको चिचिला गाउँपालिका वडा नं. २ स्थित खेउटार–तम्बे सडक सञ्चालनमा आएको छ । संघीय सरकारको सहयोगमा स्थानीय उपभोक्ता समितिले मर्मत गरेपछी सडक सञ्चालनमा आएको हो । उक्त सडक मर्मतका लागि संघले २०७७/०७८ मा नगद २० लाख रुपैंया विनियोजन गरिएको समितिका अध्यक्ष जेम्स राईले बताए ।

सो रकमबाट खेउटार देखि तम्बे बसीसम्म केही ठाउँमा ट्रयाक ओपन सहित मर्मत गरिएको राईले बताए । सडक मर्मतपछी खाँदबारी–खेउटार र खाँदबारी–तम्बे बेसीसम्म यातायात सञ्चालनमा आएको छ । यातायात सञ्चालनपछी शिलिचोङ गाउँपालिकाको माङ्तेवा र याफुका स्थानीयलाई समेत सहज भएको छ ।

 

सम्बन्धित समाचार