कर्मचारीको मृत्युले शोकमा चिचिला गाउँपालिका

बिहिबार गाउँपालिकाका सबै सेवा बन्द


१४ श्रावण २०७८, बिहिबार


 

चिचिला । संखुवासभाको चिचिला गाउँपालिका एक कर्मचारीको मृत्युका कारण शोकमा परेको छ । गाउँपालिकाका इलेक्ट्रिसियन तुलाराम गुरुङको उपचारको क्रममा बुधबार मृत्यु भएको थियो । ३२ वर्षका गुरुङ उपचारका लागि केही दिन अघि काठमान्डौ पुगेका थिए । उनको हेल्पिङ हेन्ड्स अस्पताल काठमान्डौमा उपचार भइरहेको थियो ।

गाउँपालिकाले मृतक प्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजन प्रति समवेदना प्रकट गरेको छ । अत्यावश्यक सेवा बाहेक गाउँपालिका माताहतका सबै कार्यालयहरु मृतक कर्मचारीको शोकमा बिहिबार बन्द गरेको गाउँपालिका अध्यक्ष पासाङ शेर्पाले जानकारी दिए ।

सम्बन्धित समाचार