कुदाककाउले ताँबुमा पुग्यो बिजुली, स्थानीयमा खुसीयाली


१६ श्रावण २०७८, शनिबार


भोजपुर । भोजपुरको षडानन्द नगरपालिका वडा नम्बर २ कुदाककाउले स्थित ताँबुमा विद्युत् ट्रान्समिटर उद्घाटन गरिएको छ । ट्रान्समिटर उद्घाटन गरेसँगै आफ्नो गाउँमा अँध्यारोको अन्त्य भएको स्थानीय बरुण राईले बताए ।

‘ट्रान्समिटर र बत्ती उद्घाटन भएसँगै गाउँका जनताहरुमा खुसीयाली छाएको छ,’ राईले भने, ‘आजको दिनदेखि अँधेरी गाउँबाट मुक्त भएका छौं ।’

स्थानीय प्रकाश गुरुङले पनि लामो समयदेखिको मेहनतका कारण विजुली वत्ती बाल्न पाएको भन्दै खुसी व्यक्त गरेका छन् । उक्त ट्रान्समिटर जडान हुनुअघि मैनवत्ती बालेर, स्थानीय पण्डित तारा ओझाले पूजापाठ समेत गरेका थिए । यस्तै ट्रान्समिटर उद्घाटन भने षडानन्द नगरपालिका वडा नम्बर २ का अध्यक्ष विष्णु घिमिरेले गरेका थिए । ट्रान्समिटर उद्घाटन कार्यक्रममा स्थानीयहरुले एक आपसमा अविर लगाएर खुसी साटासाट गरेको गुरुङले जानकारी दिए ।

    

सम्बन्धित समाचार