अरुण तेस्रोबाट प्रदान गरिने छात्रवृत्तिको लागि आवेदन खुला : केके छन् विषयगत क्षेत्र ?


१९ श्रावण २०७८, मंगलबार


चिचिला । अरुण तेस्रो परियोजनाबाट प्रदान गरिदै आएको छात्रवृत्ति तथा शिप विकास तालिमको लागि आवेदन खुला गरिएको छ । चिचिला गाउँपालिकाले आइतबार सूचना जारी गर्दै विभिन्न विषयमा अध्ययन गर्नका लागि छात्रवृत्तिको आवेदन खुला भएको जनाएको छ ।

त्यस्तै युवा स्वरोजगारका लागि अरुण तेस्रोले नै प्रदान गर्दै आएको सिप विकास तालिमको लागि पनि आवेदन खुला गरेको हो । ३ वर्ष अघिदेखि सुरु भएको छात्रवृत्तिबाट विभिन्न विषयगत क्षेत्रमा जनशक्ति उत्पादन हुन थालेको गाउँपालिका अध्यक्ष पासाङ शेर्पाले बताए ।

अरुण तेस्रोबाट प्रभावित साबिक दिदिङ गा.वि.स. हाल चिचिला गाउँपालिका वडा नं. ३ का बिद्यार्थीहरुले आवेदन भर्न सक्नेछन् । आवेदन चिचिला गाउँपालिकाको वेवसाइटबाट पनि भर्न सकिने छ । भदौ ८ गतेसम्मका लागि आवेदन दिन सकिने छ ।

 

सम्बन्धित समाचार