काठमाडौँ । सरकारले एसियाली विकास बैंक एडीबीबाट प्राप्त १६५ मिलियन डलर अर्थात् करिब १९ अर्ब ५८ करोड रुपैयाँ सहुलियतपूर्ण ऋण स्वीकार गर्ने भएको छ ।
मंगलबार बसेको मन्त्रिपरिषदले यस्तो निर्णय गरेको सरकारका प्रवक्ता र कानुन न्याया तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।
आजको मन्त्रिपरिषदको बैठकले एडीबीको सहयोगमा रेस्पोन्सिभ कोभिड भ्याक्सिन फर रिकभरी प्रोजेक्ट अन्तर्गत प्राप्त करिब १९ अर्ब ५८ करोड सहुलियतपूर्ण ऋण साहयता स्वीकृत गर्ने निर्णय गरेको छू सरकारका प्रवक्ता कार्कीले बताए ।
प्रतिक्रिया