विषादी हालेर १० लाख रुपैयाँ बराबरको रुद्राक्ष नष्ट


२३ श्रावण २०७८, शनिबार


संखुवासभा । धनकुटा महालक्ष्मी नगरपालिका –२ दमारमा अज्ञात समूहले रुद्राक्षको बोटमा विषादी हालेर १० लाख रुपैयाँ मूल्य बराबरको रुद्राक्षमा क्षति पु¥याएको छ । अज्ञात समूहले महालक्ष्मी –२ दमार मारेकटहरेका स्थानीय कृषक डम्बर पौडेललेको रुद्राक्ष बगानमा विषादी हालेर १० लाख रुपैयाँ बराबरको क्षति पु¥याएको पीडित पौडेलले बताए । रुद्राक्षको एउटै दाना लाखौ मूल्यका किनबेच हुने गरेको छ ।

कृषक डम्बर पौडेललेको बगान ३ वर्षका लागि संखुवासभाको खाँदबारी नगरपालिका –९ का स्थानीय ब्यापारी अर्जुन निरौला र सविन चापागाँईलाई एक बर्षका लागि १० लाख रुपैयाँमा ठेक्कामा दिएका थिए । १० लाखमा ठेक्का लिएको रुद्राक्षको जरा र बोटमा विषादी प्रयोग गरेर नष्ट बनाइदिएको ब्यापारी अर्जुन निरौलाले बताए ।

रुद्राक्ष बाट राम्रो आम्दानी गरिरहेका अर्जुनले भने हामीले यही बगान ३ बर्ष देखि लगातार ठेक्का लिइरहेका छौ, तर यो बर्ष अज्ञात समूहले विषादी प्रयोग गरेर बोट मरेको गुनासो गरे । बगान ठेक्कामा लिएर बेला बेला मात्रै बगान पुग्ने गरेको अर्जुनले भने हामी बिहिबार बगानमा पुग्दा रुद्राक्षको जरा र बोटमा विषादी हालेर बोटनै सुकर मर्ने अवस्थामा देखेको बताए । निकै राम्रो फल्ने रुद्राक्षलाई उक्त समूहले एसिड जस्ता विषादी जरा र बोटमा हालेर बोटनै मारिदिएको गुनासो गरे ।

विषादी प्रयोग बाट रुद्राक्ष नष्ट भएपछि उनीहरुले महालक्ष्मी नगरपालिका –२ का वडाध्यक्ष धुब्र कुमार राय जानकारी गराइ सकेको बताए । घटनाको बारेमा धनकुटाकै स्थानीय प्रहरी चौकीमा उजुरी दिने तयारीमा रहेको पीडीतहरुले बताए । पछिल्लो रुद्राक्ष चोर्ने, चोर्न नसके जरामा विषादी लगाइदिने, बोक्रा ताछिदिने घट्ना संखुवासभा,भोजपुर र धनकुटामा बढ्दै गएका छन् । गत बर्ष संखुवासभाको पाँचखपन, सिलिचोङ र संखुवासभासँग सिमाना जोडिएका भोजपुरको षडानन्द नगरपालिका क्षेत्रमा चोरीका घट्ना भएको थियो ।

आरिसका कारण राम्रो गुणस्तरको रुद्राक्ष फल्ने बोटमा क्षति पु¥याउने घटना बढेपछि रुद्राक्षको बोट जोगाउनै मुस्किल परेको भन्दै विभिन्न ठाउँका रुद्राक्ष बगानमा सिसि क्यामेरा जडान गरिएका छन् । राम्रो गुणस्तरको रुद्राक्ष फल्ने बोटमा क्षति पु¥याउने घटना बढेपछि कृषकहरूलाई बोट जोगाउनै मुस्किल परेको स्थानीय ब्यापारी देवराज पुरीले बताए । बोटमा विषादी हाल्ने, जरा खन्ने, बोट काट्ने, बोक्रा ताछ्ने जस्ता घटना बढिरहेको पुरीले बताए । दाना टिप्ने बेलामा यस्ता घटनाले कृषकमा थप त्रास फैलिएको बताउछन् ।

यसरी बेला बखत भइरहने चोरीका घट्नाले किसानलाई थप चिन्तित बनाइरहेको छ । विषादी,चोरी लगायतका घटना बृद्धि भएपछि कतिपय कृषकले सुरक्षाका लागि सिसि क्यामरा र कुरुवा दुवै राख्ने गरेका छन् । संखुवासभामा रुद्राक्ष बाट ३ अर्व भन्दा माथिको कारोवार हुने गरेको ब्यापारी हरु बताउछन् ।

 

सम्बन्धित समाचार