कपिलवस्तु । रेडपाण्डाको अवैध कारोवार गर्ने ३ जनालाई प्रहरीले कपिलवस्तुको वाणगंगाबाट पक्राउ गरेको छ । प्रहरीले वाणगंगा नगरपालिका ४ सिद्धीपुरस्थित बराल होटलबाट रेड पाण्डाको छाला, पुच्छरसहित ३ जनालाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक धर्मराज भण्डारीले बताए ।
पक्राउ पर्नेहरुमा झापा जिल्ला विर्तामोड नगरपालिका वडा नं। ५ शनिश्चरेका २९ वर्षीय खगेन्द्र पुरी, ३२ वर्षीय आशिष जोगी र २६ वर्षीय सौरभ राजवंशी रहेको प्रहरीले जनाएको छ । पक्राउ परेका उनीहरुको साथबाट प्रहरीले २ वटा रेड पाण्डाको छाला र रेड पाण्डाको पुच्छर बरामद गरेको छ ।
पक्राउ परेका ३ जनालाई उनीहरुको साथबाट बरामद भएको छाला सहित प्रहरीले डिभिजन बन कार्यालयलाई कपिलवस्तुलाई बुझाएको छ । उनीहरु उपर राष्ट्यि निकुन्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ अन्र्तगत मुद्धा चल्ने डिभिजन वन कार्यालयले जनाएको छ ।
बरामद भएको छाला परीक्षणका लागि केन्द्रमा पठाउने तयारी भईरहेको र पक्राउ ३ जना उपर थप अनुसन्धान सुरु गरिएको सहायक वन अधिकृत मदन मोहन शाण्डिल्यले बताए । ऐन अनुसार यस प्रकारको मुद्धामा दोषी प्रमाणित भए १० वर्ष कैद र ५ लाख रुपैयाँसम्मको सजाय हुन सक्ने कानुनी व्यवस्था रहेको छ ।
प्रतिक्रिया