मन नै लाेभ्याउने सङ्खुवासभाकाे प्राकृतिक सुन्दरता (फाेटाे फिचर)


३० श्रावण २०७८, शनिबार


सङ्खुवासभा – नेपालको पूर्वी हिमाली जिल्ला सङ्खुवासभालाई प्राकृतिक श्रोत साधनले भरिपूर्ण मानिन्छ।

विश्वकै होचो उपत्यका अरुण उपत्यका तथा विश्वको पाँचौँ अग्लो चुचुरो मकालु हिमाल पनि यसै जिल्लामा पर्छ ।

यस जिल्लामा भएका धेरै पर्यटकीय क्षेत्रहरुमध्ये मकालु आधार शिविर र शिवधारा प्राकृतिक सुन्दरताले सबैको मन लोभ्याउँछ। करिब दुई सय फिटभन्दा माथि चट्टानको बीचबाट निस्केको शिवधारा, पार्वती गुफा, गर्भवती महिलाको शरीरजस्तो देखिने आमाभुजुङ, जोखिम सूचीमा रहेको शेरसोङ हिमताल, पवित्र वरुण नदीको उद्गमस्थल दूधपोखरी, मकालु आधार शिविर लगायतका ठाउँहरु आकर्षक गन्तव्यका रुपमा चिनिन्छन् ।

यहाँ रहेका प्राकृतिक सुन्दरताका दृश्य : 

तस्बिर साैजन्य : दिपक कोइराला

सम्बन्धित समाचार