संखुवासभामा रहेको पूर्वाधार विकास कार्यालयलाई १६ लाख भन्दाबढीको जग्गा स्थानीयले निशुल्क प्रदान गरेका छन् ।पूर्वाधार विकास कार्यालयलाई निशुल्क २ रोपनी जग्गा प्राप्त भएको छ । खाँदबारी नगरपालिका –९ स्थिती तुम्लिङटारमा निशुल्क २ रोपनी जग्गा पाप्त भएको पूर्वाधार विकास कार्यालयका प्रमुख शैलेन्द्र कुमार सिंहले जानकारी दिए ।
खाँदबारी–९ तुम्लिङटारको बैधे गाउँमा पूर्वाधार कार्यालयका लागि २ रोपनी जग्गा स्थानीयले निशुल्क उपलब्ध गराएको कार्यालय प्रमुख सिंहले बताए । खाँदबारी –९ तुम्लिङटारका स्थानीय तिलक बहादुर तामाङ र खड्ग बहादुर तामाङले पूर्वाधार कार्यालयकालाई निशुल्क एक÷ एक रोपनी जग्गा उपलब्ध गराएको कार्यालयका सूचना अधिकारी उमेश वाग्लेले बताए । शुक्रबार तुम्लिङटारका स्थानीय तिकल र खड्ग बहादुरले पूर्वाधार कार्यालयका प्रमुख सिंहलाई दुई रोपनी जग्गा पास गरेर जग्गा धनीपूर्जा समेत उपलब्ध गराई सकेको सूचनाअधिकारी वाग्लले बताए ।
तुम्लिङटारका स्थानीय तिलकले ८ लाख १४ हजार रुपैयाँ र खड्ग बहादुरले ८ लाख ५६ हजार रुपैयाँ मूल्य बराबरको जग्गा पूर्वाधार कार्यालयलाई निशुल्क उपलब्ध गराएका हुन् । स्थानीयले पूर्वाधार कार्यालय सम्म जाने ५ मिटर बाटो समेत निशुल्क उपलब्ध गराएको सूचनाअधिकारी वाग्लेले बताए । पूर्वाधार कार्यालयले केही बर्ष अघिबाट जग्गा खोजी गरिरहेको भएपनि निकै पछि मात्र जग्गा पाउन सफल भएको हो । कार्यालयका लागि निशुल्क जग्गा पाउन ठूलो उपलब्धी भएको पूर्वाधार कार्यालयका प्रमुख सिंहले बताए । जग्गा प्राप्तीका लागि कार्यालयको सिंगो टिमै लागेर जग्गा पाउन सफल भएको उनले बताए ।
भविन कार्की
प्रतिक्रिया