मकालु । संखुवासभाको मकालु गाउँपालिका वडा नं. ६ मा निर्माण हुने तल्लो अप्सुवा जलविद्युत आयोजनाको काम अघि बढ्ने भएको छ । ५४ मेगावाट विद्युत उत्पादन क्षमता रहेको उक्त आयोजनाको आयोजना निर्माण स्थलसम्म पुग्ने सडक निर्माण लगायतका काम अघि बढाउन मकालु गाउँपालिका वडा नं. ६ ले अनुरोध गरेको छ । वडाले तल्लो अप्सुवा जलविद्युत आयोजनाको कार्यालयलाई चाँडो काम अघि बढाउन अनुरोध गरेको हो ।
आयोजनाको वातावरणीय प्रभाव मुलयांकन (इआइए) सम्पन्न भइसकेकोले काम अघि बढाउन अनुरोध गरिएको वडाध्यक्ष जय बहादुर राईले बताए । सो आयोजनाको इआइए प्रतिवेदन २०७६ पौस १ गते प्रभावित क्षेत्रका स्थानीयको उपस्थितिमा सार्वजनिक गरिएको थियो ।
इआइए प्रतिवेदन अनुसार आयोजनाको पावर हाउस देखि ड्याम साइटसम्म सडक लैजादा आयोजनाबाट प्रभावित स्थानीय समेत लाभाम्वित हुने भएकाले सडक निर्माणको काम चाँडो सञ्चालन गर्न आयोजना निर्माण कम्पनीलाई अनुरोध गरिएको अध्यक्ष राईले बताए ।
प्रतिक्रिया