मादी । संखुवासभाको मादी नगरपालिकाले भदौ १७ गतेसम्मलाई निशेधाज्ञा थप गरेको छ । नगरपालिकाले शुक्रबार आज देखि लागु हुने गरि नगरपालिका क्षेत्रभित्र बन्दाबनदीको समय थप गरेको हो । कोभिड १९ को संक्रमणबाट जोगिन पर्याप्त सजगता र सतर्कता अपनाउनु पर्ने भएकाले बन्दाबन्दीको समय थप गरिएको जनाइएको छ ।
मादी नगरपालिकामा साउन २० गते देखि नगरपालिका क्षेत्रभित्र निशेधाज्ञा गरेको थियो ।
मादीमा हाल १९ जना सकृय संक्रमित छन् भने १२ जना संस्थागत आइसोलेशनमा र ४ जना होम आइसोलेशनमा रहेको नगरपालिकाले जनाएको छ । नगरपालिका भित्रका सरकारी कार्यालयहरु तथा संघसंस्थाहरु अस्पताल तथा स्वास्थ्य सेवा केन्द्रहरुका अत्यावश्यक सेवा लगायत खाद्यान्नका पसलहरु बाहेक अन्य व्यापारिक केन्द्र र पसलहरुलाई बन्द गरिएको छ ।
प्रतिक्रिया