काठमाण्डौ । पर्साको वीरगञ्जमा मोटरसाइकलको लक खोली चोरेर भाग्दै गरेका एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
वीरगञ्ज महानगरपालिका १४ का २८ वर्षीय राधे पटेललाई प्रहरीले पक्राउ गरेको हो । पटेल महानगरपालिका १३ बस्ने सुशिम अधिकारीको घरमा पार्किङ गरि राखेको ना २२ प ५७५० नम्बरको मोइटरसाइकल चोरि गरेर भागेका थिए ।
मोटरसाइकल धनीको सहयोगमा प्रहरीको गस्ती टोलीले पटेललाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।


प्रतिक्रिया