काठमाडौ । सरकारी छानबिन टोलीले दार्चुला घटनामा भारतीय सुरक्षा बल (एसएसबी) को संलग्नता रहेको ठहर गरेको छ।
दार्चुलामा जयसिंह धामी तुइनबाट खसेर महाकालीमा बेपत्ता भएको घटनाबारे छानबिन गर्न गृह मन्त्रालयबाट गठित समितिले घटनामा भारतीय एसएसबीको संलग्नता रहेको ठहर सहितको प्रतिवेदन तयार पारेको हो। समितिले गृहमन्त्री बालकृष्ण खाणलाई मंगलबार साँझ प्रतिवेदन बुझाएको छ।
प्रतिवेदन बुझेपछि गृह मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उक्त घटना एसएसबीकै उपस्थितिमा भएको जनाइएको छ। घटनामा एसएसबीको संलग्नता देखिएकाले अनुसन्धान गरी दोषीउपर कानुनी कारबाही गर्न र जयसिंहका परिवारलाई उचित क्षतिपूर्ति र राहत उपलब्ध गराउन भारतीय पक्षसँग कूटनीतिक माध्यमबाट पहल गर्न र उनका परिवारलाई पालनपोषण र शिक्षादीक्षाको व्यवस्थापन गर्न सरकारलाई सिफारिस गरिएको छ।


प्रतिक्रिया