खाँदबारी । नेपाली कांग्रेसकोको १४ औं महाधिवेशन अन्तर्गत संखुवासभाका ७६ वडाहरुमा आज अधिवेशन हुँदैछ । जिल्लाका सवै वडाहरुमा दिउँसो १० बजेदेखि अधिवेशन सुरु हुने नेपाली कांग्रेस संखुवासभाले जनाएको छ ।
वडा अधिवेशन सवै वडाहरुमा सर्वसम्मत रुपमा चयन हुने गरि अधिवेशनको तयार गरिएको नेपाली कांग्रेस संखुवासभा सभापति दीपन कुमार श्रेष्ठले जानकारी दिए । वडा अधिवेशनबाट एक सभापति, दुई उपसभापति, दुई सचिव, दुई सहसचिव र अन्य सदस्य गरि अधिकतम २३ जनाको समिति चयन हुनेछ । कोषाध्यक्ष भने निर्वाचित समितिले चयन गर्नेछ । वडा अधिवेशनबाट क्षेत्रीय प्रतिनिधी समेत चयन हुने छ । ९ खुल्ला, ५ समावेशी र वडा सभापति गरि १५ जना क्षेत्रीय प्रतिनिधी चयन हुनेछ ।
संखुवासभामा ८ हजार ३ सय क्रियाशिल सदस्य रहेको जिल्ला सभापति श्रेष्ठले जानकारी दिए । सवैभन्दा धेरै खाँदबारी नगरपालिकामा र सवैभन्दा कम भोटखोला गाउँपालिकामा क्रियाशिल सदस्य रहेको श्रेष्ठले बताए ।
प्रतिक्रिया