खाँदबारी नगरपालिका वडा न. ३ द्धारा युवा सञ्जाल र बाल क्लबलाई ड्रेस (टिसर्ट) वितरण



खाँदबारी । सङ्खुवासभाको खाँदबारी नगरपालिका वडा न. ३ ले युवा सञ्जाल र बाल क्लबलाई ड्रेस ( टिसर्ट ) वितरण वितरण गरेको छ । वडामा गठित युवा सञ्जाल र अरुण बाल क्लबलाई विहिबार एक कार्यक्रमका साथ ड्रेस ( टिसर्ट ) वितरण गरेको हो । सञ्जाल र क्लबका जम्मा २० जनालाई टिसर्ट वितरण गरेको खाँदबारी नगरपालिका वडा न. ३ का वडाध्यक्ष भरतकुमार घिमिरले बताउनुभयो ।

उक्त टिसर्ट वितरण कार्यक्रममा बोल्दै नगरप्रमुख मुरारी प्रसाद खवितडाले बालवचाउ, बालसंरक्षण, बाल विकास र बालसहभागिता जस्ता बाल अधिकारका सवाललाई ध्यानमा राखेर पहिलो चरणमा खाँदबारी नगरपालिका वडा न. ३ र ५ लाई छिट्टै बालमैत्री वडा घोषणा गर्ने बताउनुभयो ।

प्रमुख खतिवडाले बालमैत्री नगर घोषणाको लागि आवश्यक कार्यविधि निर्माण भइसकेको समेत जानकारी दिनुभयो । बालमैत्री नगरघोषणाको लागि ऐनले निर्धारण गरेको ४२ वटा सुचकहरु मध्ये पहिलो चरणमा वडा न. ३ र ५ मा पुरा गर्ने लक्ष्यका साथ लागिपरेको उहाँको भनाई छ । बालबालिका माथि हुने गरेका सवै खाले अन्याय र अत्याचारको अन्त्य होस साथै बालश्रम र बालविवाह लगायतका घटनालाई न्युनिकरण गर्ने उद्धेश्यका साथ नगरले वालमैत्री नगर घोषणा गर्न लागि परेको समेत बताउनुभयो ।

बालमैत्री घोषणा पछि सत प्रतिशत बालबालिका विद्यालय भर्ना हुनमा सहयोग पुग्ने, होटल, यातायात, घर लगायतका क्षेत्रमा बालश्रम न्युनिकरण हुने उहाँको वुझाई छ । गत वर्ष खाँदबारी नगरपालिका वडा न. ३ र ५ मा बालमैत्री घोषणाको तयारीमा रहेपनि कोभिड–१९ का कारण घोषणा हुन नसकेको जनाइएको छ ।

खाँदबारी नगरपालिकामा दश वटा बाल क्लब गठन भएको खाँदबारी नगरपालिकाका महिला तथा बालबालिका शाखाका शारादा नेपालले जानकारी दिनुभयो त्यस्तै युवाहरुलाई प्रशिक्षित गर्ने, युवाहरुलाई क्रियाशिल वनाउने, युवा मार्फत समाजलाई रुपान्तरण गर्ने, युवामा हुने गरेका योजना अगाडी बढाउने उद्धेश्यका साथ जम्मा ५ वटा वडामा युवा सञ्जाल गठन गरिएको युवा सञ्जालका नगरअध्यक्ष विजय कार्कीले बताउनुभयो ।

 

सम्बन्धित समाचार