सल्यानमा बस दुर्घटना : १५ जना घाइते



सल्यान । सल्यानमा बस दुर्घटना हुँदा १५ जना घाइते भएका छन्।

दाङ तुल्सीपुरबाट रुकुम पश्चिम जाँदै गरेको रा १ ख १७९२ न बस कपुरकोट गाउँपालिका–३ मूलपानी नजिकै शुक्रबार दिउँसो दुर्घटना भएको हो।

दुर्घटनामा सल्यान कपुरकोट गाउँपालिका–५ की २३ वर्षीया रेखा साहू, सोही ठाउँकी ३१ वर्षीया सीता बुढाथोकी, दार्मा गाउँपालिका–६ का २० वर्षीय प्रवेश बस्नेत, शारदा नगरपालिका–१५ का ४९ वर्षीय ताराप्रसाद नाथ, शारदा नगरपालिका–१ का ४० वर्षीय कृष्ण गौतम घाइते भएको इलाका प्रहरी कार्यालय लुहामका श्यामप्रकाश यादवले जानकारी दिए।

यस्तै कुमाख गाउँपालिकाका ७३ वर्षीय हिरे राना, कपुरकोट गाउँपालिका–५ रिम बस्ने ४५ वर्षीय धनबहादुर रोका, सोही ठाउँ बस्ने २१ वर्षीया यामकुमारी बोहरा, तिला महतारा, बागचौर नगरपालिका–२ का ४५ वर्षीय लालबहादुर डाँगी, दाङ दंगीसरण गाउँपालिकाकी २५ वर्षीया निर्मला शर्मा, तुलसीपुर उपमहानगरपालिका ३ बस्ने २८ वर्षीय विनोद बुढाथोकी, रुकुम पश्चिम मुसिकोट नगरपालिका–४ का ७५ वर्षीय मोहनसिंह पुन, रुकुम पश्चिम त्रिवेणी गाउँपालिका–२ का २१ वर्षीय जोकबहादुर खड्का र सोही ठाउँ बस्ने २२ वर्षीय किरन ओली पनि दुर्घटनामा घाइते भएको यादवले बताए।

घाइते सबैलाई उपचारका लागि दाङ तुल्सीपुर पठाइएको प्रहरीले जनाएको छ। बस अनियन्त्रित भई सडकको भित्तामा पल्टिएको प्रहरीको भनाइ छ। चालक सल्यान छत्रेश्वरी गाउँपालिका–३ दारिमज्युलाका ४० वर्षीय ठाकुरसिहं विक फरार रहेको प्रहरीले बताएको छ।

 

सम्बन्धित समाचार