एमसीसी बिदेशी शक्तिहरूको कृडा स्थल नबनोस् : पुर्व मन्त्री दिलनाथ गिरी



संखुवासभा । पुर्व शहरी विकास मन्त्री दिलनाथ गिरीले एमसीसीको माध्यमबाट नेपाललाई बिदेशी शक्तिहरूको कृडा स्थल नबनाउन आग्रह गरेका छन् । राप्रपाका नेता समेत रहेका पुर्व मन्त्री गिरीले सामाजिक सञ्जाल मार्फत यस्तो आग्रह गरेका हुन् । पछिल्लो समय एमसीसीको बारेमा विभिन्न टिकाटिप्पणीहरु र विरोध भइरहेको बेला गिरीले यस्तो आग्रह गरेका हुन् ।

उनले भनेका छन्, यथा स्थितिमा एमसीसी परियोजना प्रस्ताव पारित गर्न बर्तमान गठबन्धन सरकार तयार हुँन सक्तैन र हुँन हुँदैन भन्ने जनमत रहेको हुँदा जनताको भाबना र चाहानाको बिरूद्धमा जानु हुँदैन । यदि यो सरकार गयो भने प्रजातन्त्रको मुल्य मान्यता र भाबना बिपरित मात्र हैन घोर राष्ट्रघात हुँनेछ र कलंकित बन्नेछ ।

उनले थपेका छन्, एमसीसी परियोजनाको माध्यमबाट मुलुक असफल राष्ट्र नबनोस, बिदेशी शक्तिहरूको कृडा स्थल बन्न नसकोस । बिकासको नाममा आएका वा आउँने योजनाले जनतालाई आतंकित हैन खुसी, उत्साह र बिश्वासको अभिबृद्धि हुन सकोस ।

एमसीसी परियोजना सर्बदलित छलफल र सहमतिबाट मात्र अगाडी बढाउँन उपयुक्त हुँने भन्दै यस सम्बन्धमा सरकारको ध्यान सकारात्मक बन्न सकोस भनी गिरी शुभकामना समेत व्यक्त गरेका छन् ।

सम्बन्धित समाचार