खाँदबारी । ६ जनाको सामुहिक हत्या गरिएको मादि हत्या काण्डको अनुसन्धान निशकर्षमा पुगेको प्रहरीले जनाएको छ । संकास्पद एक जनालाई केन्द्रविन्दुमा राखेर गरिएको अनुसन्धानबाट हत्यामा संलग्न पत्ता लागेको अनुसन्धानमा खटिएका प्रहरी अधिकारीले जनाएको हो ।
घटनामा संलग्नलाई भोली (आईतबार) चैनपुर ईलाका प्रहरी कार्यालयमा पत्रकार सम्मेलन गरि सार्वजनिक गरिने जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रमुख डिएस्पी लालध्वज सुवेदीले जानकारी दिनुभयो । अनुसन्धानको क्रममा गाउँकै एक जना हत्यामा संलग्न रहेको पाईएको डिस्पी सुवेदीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘घटनामा संलग्नलाई नियन्त्रणमा लिईसकेका छौ, भोली विहान १० बजे पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्छौ ।’
अनुसन्धानको क्रममा संकास्पद केहि ब्यक्तिहरुको डिएनए परिक्षण गरिएको थियो । यसरी परिक्षण गरिएको मध्ये नै हत्यामा संलग्न रहेको पाईएको प्रहरीले जनाएको हो । घटना पछि अनुसन्धानका लागि प्रदेश नम्बर १ प्रहरी कार्यालयका प्रहरी नायब महानिरीक्षक अरुणकुमार बिसी नेतृत्वको प्रहरी टोली, केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोली, सङ्घीय इकाई प्रहरी कार्यालय धरानको टोली र जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाबाट डिस्पी लालध्वज सुवेदीको टोलीले अनुसन्धान गर्दै आएको छ ।
गत सोमबार राती मादि नगरपालिका १ उम्लिङमा तेजबहादुर कार्कीको परिवारका ६ जनाको हत्या गरिएको थियो ।
गोरखापत्र अनलाईनबाट


प्रतिक्रिया