खाँदबारी । मादी नगरपालिकामा भएको हत्या काण्डको अनुसन्धानको क्रममा नियन्त्रणमा लिएका ४ जनालाई प्रहरीले सार्वजनिक गरेको छ । एकै परिवारका ६ जनाको हत्यामा संलग्न लोकबहादुर कार्कीकै परिवारका ४ जनालाई प्रहरीले पक्राउ गरि सार्वजनिक गरेको हो ।
पक्राउ पर्नेहरुमा हत्यामा संलग्न लोकबहादुर कार्कीको बुवा रणबहादुर, भाई नरेश, काका खड्गबहादुर, र भाई हस्त कार्की (खड्गबहादुरका छोरा) लाई प्रहरीले सार्वजनिक गरेको हो । कार्की परिवारको हत्यमा संलग्न भएको अनुसन्धानबाट खुलेपछि उनीहरुलाई पक्राउ गरेको हो ।
लोकबहादुरको काकाको परिवार यस अघि नै छुट्टिएर अर्कै परिवारको रुपमा बस्दै आएका थिए । पछिल्लो पटक पक्राउ परेका ४ जनालाई कर्तब्य ज्यान कसुर अन्तर्गत कारवाहिको प्रकृया अघि बढाईएको संघिय प्रहरी ईकाई कार्यालय धरानका एस्पी भिम दाहालले जानकारी दिनुभयो ।
कार्की परिवारको हत्या आरोपमा साईनोले भतिजो पर्ने छिमेकी लोकबहादुर कार्कीलाई गत भदौ २७ गते आईतबार प्रहरीले पक्राउ गरेको थियो । त्यसको तीन दिनपछि लोकबहादुरको भाइ नरेशलाई समेत प्रहरीले पक्राउ गरेको थियो । नरेशको बयानको आधारमा अन्य चार जनालाई गत सनिबार बार प्रहरील पक्राउ गरेको हो ।
गत भदौ २१ गते सोमबार विहान बर्ष ५८ को तेजबहादुर कार्की, उहाँकी आमा बर्ष ८४ को पार्वता, श्रीमती ५४ को कमला, बर्ष २८ का बुहारी रञ्जना, बर्ष ११ का नाती दिपेन र बर्ष ५ का नातिनी गोमा कार्कीको हत्या गरिएको थियो । मृत्तक बुहारी रञ्जनाको मोबाईल लोक बहादुरको भाई नरेशको साथमा भेटिएपछि उनी माथी अनुसन्धान सुरु गरिएको थियो ।
घटनाको अनुसन्धानका लागि संघीय इकाई प्रहरी कार्यालय धरानका एसपी भीम दाहाल, प्रदेश १ प्रहरी प्रमुख डिआईजी अरुणकुमार बीसी, केन्द्रीय अनुसन्धान ब्युरो डीएसपी रुगमबहादुर कुँवर, सङ्खुवासभा प्रहरी प्रमुख डिएस्पी लालध्वज सुवेदी नेतृत्वको टोलीले अनुसन्धान गरेको थियो । घटनामा संलग्न लोकबहादुरलाई सार्वजनिक गरिएपछि स्थलगत अनुसन्धानको जिम्मा जिल्लालाई छोडेर फर्किएका थिए । अहिले थप अनुसन्धानका लागि ईलाका प्रहरी कार्यालय चैनपुरका प्रहरी निरीक्षक योगराज खतिवडा सहितको टोली घटना स्थलमै खटिएका छन् ।
गोरखापत्र अनलाईनबाट साभार


प्रतिक्रिया