काँग्रेस अधिवेशन र संखुवासभा सभापतिको चर्चा



नेपाली काँगै्रसको चौधौं महाधिवेशनले सिंगो मुलुक यतिवेला महाधिवेशनमय बनेको छ । हरेक चिया पसल र सिया पसलहरुमा उम्मेदबारको आकांक्षीका बिषयमा हुने चर्चा परिचर्चाले काँग्रेस कार्यकताको दिनको भोक र रातको निद्रा हराएको छ ।

बिभिन्न गुट उपगुटमा बाँधिएका नेता कार्यकर्ताहरु आफ्ना आफ्ना पक्षको डम्फु बजाउनमा ब्यस्त छन् । यो बेलामा सहि नेतृत्वलाई स्थापित गर्न सके आउन लागेको आगामी स्थानीय र केन्द्रिय निर्वाचनमा सफलता मिल्ने र यो अधिवेशनलाई उचित ब्यवस्थापन गर्न नसकिए आसन्न निर्वाचनमा नकारात्मक असर पुग्ने कुरालाई समेत बिर्सिएर नेताहरु आ–आफ्ना स्वार्थमा लिप्त भएका छन् ।

पछिल्लो समय अधिवेशनको चहलपहल सौहार्दपुर्ण रुपमा बढिरहेको बेला पुर्व राज्यमन्त्री समेत भैसकेका दिपक खड्काले केहि दिन अघि मात्र एक्कासी जिल्ला सभापतिमा उम्मेदवारी घोषणा गरेपछि काँग्रेस संखुवासभाको अधिवेशनको सन्दर्भले थप चर्चा पाएको छ ।

आगामी १४ जिल्ला अधिवेशनमा १३ औं जिल्ला अधिवेशनबाट सभापतिमा निर्वाचित बर्तमान जिल्ला सभापति दिपन कुमार श्रेष्ठ, प्रखर बक्ता तथा युवा नेता मुक्तिसिंह राई, शालिन नेता राम कुमार जिमीको उम्मेदवारीको चर्चा चलिरहेको सन्दर्भमा एक्कासि पुर्व राज्यमन्त्री खड्का आफैं जिल्ला सभापतिको रुपमा उत्रिएपछि कार्यकर्ता र मतदाताहरु दुईधारमा बाँडिएका छन् । कसैले पुर्व मन्त्री भै सकेका ब्यक्ती केन्द्रिय राजनितिक प्रतिश्पर्धामा जानुपर्नेमा पुन जिल्ला तिरै फर्किएको भन्दै असन्तुष्टि जनाएका छन् भने कतिले जिल्लाको संगठनलाई चलायमान बनाउन उम्मेदवारी आवश्यक रहेको तर्क गर्ने गरेका छन् ।

बर्तमान सभापति दीपन कुमार श्रेष्ठ जिल्लामा निर्बिबाद, अध्ययनशिल, प्रखर र शालिन ब्यक्तिका रुपमा परिचित छन् । बिद्यार्थी काल देखि नै नेपाली काँग्रेसको राजनितिमा होमिएका श्रेष्ठले बिभिन्न राजनितिक झमेला, जेल नेल र नजरबन्द समेत ब्यहोरि सकेका छन् । ग्रामिण बिकास बिषयमा स्नातकोत्तर गरिसकेका श्रेष्ठले बिभिन्न अवसर पाउँदा समेत राजनितिलाई नै अंगालेर अघि बढे ।

बिभिन्न उतार चढाब झेल्दै ग्रामिण कार्यकर्तामा राम्ररी भिजेका श्रेष्ठको सभापतित्व काल अत्यन्तै सफल रहेको मानिन्छ । गुटबन्दी भन्दा पृथक, तठस्थ, निष्कलंक र निडर स्वभावका श्रेष्ठले आफ्नो कार्यकालमा जिल्ला मै बसेर पार्टि संगठनलाई चलायमान र पारदर्शि बनाएको भन्दै अधिकांश काँग्रेस कार्यकर्ताले उनलाई नै पुन एक पटकका लागि जिल्ला सभापतिमा दोहोर्याउन पर्ने धारणा राखेका छन् । दुवै पुर्ब राज्य मन्त्री संग समदुरी कायम राखेर कार्यकर्ता बिच चिनिएका श्रेष्ठले आगामी एक कार्यकाल आफुलाई अवसर दिन कार्यकर्ता माझ आग्रह गरेका छन् ।

सभापतिका अर्का उम्मेदवार मुक्तिसिंह राई पनि जिल्लामा कार्यकर्ताले सम्झने नाम हो । महाधिवेशन प्रतिनिधी, पुर्व जिल्ला सचिव, तरुण दल पुर्व अध्यक्ष महासमिति सदस्य र पुर्व जिल्ला सचिवको जिम्मेवारी समेत सम्हालिसकेका राई समय अनुशार चल्न सक्ने निडर युवा नेताका रुपमा परिचित छन् ।

केन्द्रमा समेत प्रभाव राख्ने पुर्व राज्यमन्त्री दिपक खड्काको उम्मेदवारी आएपछि पुर्व स्वास्थ्य राज्यमन्त्री तारामान गुरुङ्ग समेत यतिवेला चर्चामा छन् । अघिल्लो अधिवेशनमा दिपन कुमार श्रेष्ठलाई सभापति बनाउन कस्सिएर लागि परेका गुरुङ्ग वर्तमान सभापति श्रेष्ठलाई नै दोहोर्याउन पर्ने वा जिल्लामै बस्ने अन्य नृतृत्वलाई अघि बढाउनु पर्ने पक्षमा देखिएका छन् । उनले आफु सभाषद, राज्यमन्त्री समेत भैसकेकाले पदको लोभ नगरेको बरु जिल्लामा रहेर काम गर्ने नेतृत्वलाई स्थापित गर्न आफु लागिपरेको धारणा राखे ।

खैर, जे भए पनि राजनितिक नेतृत्वहरुले सहि ब्यक्तीलाई सहि स्थानमा पदस्थापन गरेर नेपाली कांग्रेस विचलन हुनबाट रोक्नु पर्दछ ।

सम्बन्धित समाचार