खाँदबारी । जिल्ला अस्पताल खाँदबारीले पछिल्लो पटक आईसियु र भेन्टिलेटर खरिद प्रकृयामा आएको बिवादको वास्तविकता सार्वजनिक गरेको छ । अस्पतालको सभा हलमा सरोकारवालाहरु विच कार्यक्रमको आयोजना गरि बिवादको वास्तविकता सार्वजनिक गरेको हो ।
उपकरण खरिदका लागि कन्सल्टेन्टको काममा सहयोग गरेका बायोमेट्रिक ईञ्जिनियर अमित चौधरी समेतको उपस्थितीमा कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रममा बोल्दै अध्यक्ष शाक्यले सामग्री खरिद प्रकृया, त्यस उपर परेको उजुरी र उ्रक्त उजुरीको छिनोफानो लगायका विषयमा जानकारी गराएका छन् । अस्पताललाई सस्तो सामग्री भन्दा पनि गुणस्तरिय सामग्री आवश्यक परेकोले सोहि अनुसारको बोलपत्रलाई स्वीकृत गरिएको अध्यक्ष शाक्यले जानकारी दिए । कम मुल्यसूची पेश गर्नेले आफुले टेण्डर पाउनु पर्ने दावी गरेपनि गुणस्तर कम भएको सामान पेश गरेकोले उक्त कम्पनी नछानिएको अध्यक्ष शाक्यले प्रष्ट पार्नुभयो ।
उक्त उजुरी उपर सार्वजनिक खरिद पुनरावलोकन समितिले अस्पतालको पक्षमा फैसला गरिसकेको अध्यक्ष शाक्यले जानकारी दिनुभयो । समितिको अध्यक्ष भिम कुमार ओझा नेतृत्वको समितिले सामग्री खरिद प्रकृयामा कुनै त्रुटी नरहेको निश्कर्ष निकाल्दै निर्णय सुनाएको अध्यक्ष शाक्यले जानकारी दिनुभयो । खरिद प्रकृया उपर पुनरावलोकन समितिमा उजुरी दिने द मेडिकल सोलुसनले दुख दिने नियतका साथ उजुरी दिएकोले उसको धरौति रकम जफत गरि नेपाल सरकारको राजश्व खातामा जम्मा गर्न निर्देशन समेत दिएको अध्यक्ष शाक्यले जानकारी दिए । समितिको निर्णय लगत्तै सामग्री खरिद प्रकृया सुरु भईसकेको र केहि दिनमा नै सेवा सञ्चालनमा आउने अस्पतालले जनाएको छ ।
अस्पतालले ल्याएको सामान विश्वमै उत्कृष्ठ मध्ये एकः ई चौधरी
आईसीयु र भेन्टिलेटर खरिदका लागि बायोमेट्रिक ईञ्जिनियर अमित चौधरीलाई विशेषज्ञको रुपमा अस्पतालले चयन गरेको थियो । सामान खरिद सम्बन्धी बोलपत्र छनौटमा समेत संलग्न चौधरीले खाँदबारी अस्पतालमा आएको सामग्री विश्वमै उत्कृष्ठ मध्ये एक रहेको दावी गरे ।
सामग्री खरिदको क्रममा प्रयोग हुने ठाउँ र हावापानीले समेत असर पर्ने भएकोले संखुवासभाको भुगोल र वातावरणलाई आवश्यक पर्ने उपकरण आफुले छनौट गरेको ई. चौधरीले बताए । अहिले खाँदबारी अस्पतालमा आएको गुणस्तरको सामान विश्वभरि नै ५–६ वटा मात्र रहेको चौधरीले बताए । विभिन्न सञ्चार माध्ययममा आएको जस्तो आर्थिक प्रलोभनमा कोहि परेजस्तो नलागेको समेत चौधरीले बताए ।
‘यो गुणस्तरको सामान खरिदका लागि छनौट गर्ने म नै हो, मैले गरेको निर्णयलाई सार्वजनिक खरिद समितिले समेत सदर गरिसकेकोले हामी सहि छौं भन्ने पुष्टि हुन्छ’, ई. चौधरीले भने । उपकरण खरिदका लागि पेश गरिएको बोलपत्र माथीको छनौटका आधारहरु जहाँ पनि र जस्ले पनि हेर्न सक्ने समेत चौधरीले बताए ।
पत्रकारहरुले आफ्नो कर्तब्य पुरा गर्योः महासंघ अध्यक्ष गिरी
जिल्ला अस्पतालको सामग्री खरिद प्रकृया उपर उजुरी परेपछि जिल्लाका पत्रकारहरुले त्यसको खोजी गरेर आम नागरिकहरुलाई सुसुचित गरेको पत्रकार महासंघ संखुवासभाका अध्यक्ष ईन्द्र गिरीले बताए । प्रकृया माथी नै उजुरी परिसकेपछि त्यसको विषयमा खोजी गरि नागरिकहरुलाई सुसुचित गर्ने आफ्नो कर्तब्य पुरा गरेको अध्यक्ष गिरीले बताए ।
पत्रकारहरुले समाचार प्रबाह गरेकै कारण खरिद प्रकृया, उजुरी र वास्तविकता आम सरोकारवालाहरुसम्म पुगेको अध्यक्ष गिरीले दावी गरे । समाचार संप्रेषण गर्ने क्रममा केहि ब्यक्तिहरुले पत्रकारहरुलाई गलत आरोप समेत लगाएको प्रति महासंघको ध्यानाकर्षण भएको बताउदै त्यस्ता झुटो आरोपको खण्डन गर्नुभयो । कुनै पत्रकारले घटनाको गलत फाईदा लिन खोजे महासंघलाई जानकारी गराउन अनुरोध गर्दै त्यस्ता पत्रकारलाई महासंघले कारबाहि गर्ने समेत अध्यक्ष गिरीले प्रतिबद्धदा ब्यक्त गरे ।
सुविधा बढ्यो, निरन्तरता दिन चुनौती
कार्यक्रममा उपस्थित सवैलाई हाल अस्पतालमा सुरु गर्न लागिएको नयाँ सेवा तथा सुविधाहरुको अवलोकन गराईएको थियो । तत्काल सञ्चालनमा आउन लागेको विशेषज्ञ सेवाहरुको तयारी र अत्याधुनिक उपकरणहरुको स्थलगत अवलोकन गराईएको थियो ।
कार्यक्रममा राजनितिक दलका तर्फबाट नेकपा एमालेका जिल्ला अध्यक्ष जेबि घिमिरे, नेपाली कांग्रेसका कोषाध्यक्ष छत्रमणी पन्त, नेकपा समाजवादीका अध्यक्ष हेमराज घिमिरे, नेकपा माओवादीका प्रतिनिधी लक्ष्मी लिम्बु लगायतका राजनितिक दलका प्रतिनिधीहरुको उपस्थिती रहेको थियो । त्यस्तै, अन्य संघ संस्थाहरु तर्फ संखुवासभा उद्योग बाणिज्य संघका अध्यक्ष युवराज शाक्य, रेडक्रस सोसाईटीका सभापति सरोजकुमार बज्राचार्य लगायत जिल्लाका सञ्चारकर्मीहरुको उपस्थिती रहेको थियो ।
विशेषज्ञ सेवा दिन लागेको खाँदबारी अस्पतालको पहल तथा मेहेनतको सहभागीहरुले प्रसंशा गरेका छन् । सघन उपचारका लागि काठ्माण्डौ, धरान वा बिराटनगर जानु पर्ने अधिकांस उपचार खाँदबारी अस्पतालबाट नै हुने हुँदा दुर दराजका नागरिकहरुको उद्धार हुने बताईएको थियो ।
तर, हिमाली जिल्लामा फरक फरक रोगहरुको विशेषज्ञ चिकित्सकहरु टिकाउन नसकिएलाकी भन्ने चिन्ता ब्यक्त गरेका छन् । सुरु सुरुमा दाताहरुको सहयोगबाट सञ्चालन गरिएपनि पछि निरन्तर सेवा सञ्चालनको लागि अहिले नै तयारी गर्नु पर्ने सुझाव सहभागिहरुले दिएका छन् ।
यो पनि पढ्नुहोस ।


प्रतिक्रिया