काठमाडौं । कांग्रेस पदाधिकारी बैठकले शनिबारदेखि ६४ जिल्लामा पालिका अधिवेशन गर्ने निर्णय गरेको छ। शुक्रबार बिहानदेखि सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको बैठकले ६४ जिल्लामा पालिका अधिवेशन गर्ने निर्णय गरेको हो।
कांग्रेस प्रवक्ता विश्व प्रकाश शर्माले २१ वटा हिमाली जिल्लामा दशैं अघिनै जिल्ला अधिवेशन गर्ने निर्णय गरेको जानकारी दिए। पदाधिकारी बैठकले वडा अधिवेशन सम्पन्न भएका ६४ जिल्लामा मात्र पालिका अधिवेशन गर्ने निर्णय गरेको छ ।
पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला संयोजक रहेको कार्यदलले क्रियाशील सदस्यता विवाद टुंग्याए पनि कार्यान्वयनमा भने सहमति नजुटेकाले कांग्रेसको वडा अधिवेशनहरु पनि प्रभावित बनेका छन् । प्रवक्ता शर्माले १३ जिल्लाका क्रियाशील सदस्यको सूची पनि छिटै सार्वजनिक हुने बताए। उनले केन्द्रीय समितिले महाधिवेशनको आवश्यकता अनुसार विधानका प्रावधान निलम्बन गर्ने र त्यसलाई महाधिवेशनबाट अनुमोदन गरिने उल्लेख गरेका छन्।


प्रतिक्रिया