संखुवासभाको २ पालिकामा सभापति छान्नै मुस्किल, आज पनि प्रयास जारी


१० आश्विन २०७८, आइतबार


संखुवासभाको १० वटा पालिकाहरु मध्ये २ वटा पालिकामा कांग्रेसको अधिवेशन हुन सकेको छैन । कांग्रेसको १४ औ. महाधीवेशन अन्तर्गत शनिबार हिजो गाउँ नगर अधिवेशन हुने भए पनि जिल्ला २ पालिकामा सहमती जुट्न नसक्दा अधिवेशन अन्यौलमा परेको छ । हिजो देखि विभिन्न पदका लागि सहमती जुटाउन प्रयास गरिए पनि आइतबार बिहानसम्म पनि प्रयास जारी नै छ । विशेष गरी सभापति पदका लागि सहमती नजुटेपछी अन्य पदका लागि समेत टुंगो लाग्न सकेको छैन ।

सहमती जुटाउने नाममा जिल्लाका नेतृत्वहरुको प्रयास भइरहेको जिलला सचिव डम्बर वस्नेतले इमकालुलाई बताए । बाँकी रहेका २ पालिकाबाट आज साँझसम्ममा ठोस निर्णय आउने अपेक्षा राखिएको वस्नेतले बताए ।

सभापोखरी र भोटखोला गाउँपालिकामा सहमति जुट्न सकेको छैन । सभापोखरी गाउँपालिकाको सभापति पदका लागि ३ जनाको दावी रहेको छ । सभापतिका लागि सुजन राई, जितेन्द्र लिम्बु र पुष्प कालाखेतीको दावी रहेको छ ।

अन्य ८ वटा पालिका मध्ये मकालु गाउँपालिका र खाँदबारी नगरपालिकामा निर्वाचन मार्फत अधिवेशन सम्पन्न भएको छ ।

सम्बन्धित समाचार