संखुवासभाको शिलिचोङ गाउँपालिकाको कांग्रेस सभापतिमा भुपालराज मेवाहाङ चयन भएका छन् । मेवाहाङ सर्वसहमतीमा सभापति भएका हुन् । नेपाली कांग्रेसको १४ औं महाधिवेशनको क्रममा शनिबार भएको गाउँ नगर अधिवेशनबाट शलिचोङ गाउँपालिकामा सर्वसहमती जुटेको हो ।
मेवाहाङ सभापति सहित विभिन्न पदको लागि सर्वसहमति जुटेको जिल्ला सचिव डम्बर वस्नेतले इमकालु अनलाइनलाई जानकारी दिए।
खाँदबारी नगरपालिका र मकालु गाउँपालिका बाहेक अन्य ८ वटा पालिकामा सहमतीमा समिति चयन गरिएको छ । सभापोखरी र भोटखोला गाउँपालिकामा सहमती हुन नसकेपछी आज पनि अधिवेशनको क्रम चलिरहेको छ ।
प्रतिक्रिया